घरको आँगनबाटै चितुवाको आक्रमणमा परेर २ वर्षीय बालकको मृत्यु
रुपन्देही । बर्दियाको मधुवन नगरपालिका–९ स्थित भाटचोकमा शनिवार साँझ करिब ७ बजे चितुवाको आक्रमणबाट २ वर्षीय बालक रिहान चलाउनेको मृत्यु भएको छ। घटनाको समयमा बालक आँगनमा खेलिरहेको थियो।
जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी ऋषिराम घर्तिमगरका अनुसार, चितुवाले बालकलाई टिपेर लगेको थियो। राति सवा ९ बजे घरबाट करिब ५ सय मिटर टाढा बालकको शव भेटिएको थियो।
शवको घाँटी र टाउको पछाडिको भागमा चोट लागेको पाइएको छ। प्रहरीले घाउखतको विश्लेषण गरी चितुवाको आक्रमण भएको निष्कर्षमा पुगेको छ।
घटनाको समयमा बालकको आमा रचना घरभित्र थिइन्। छोरा नदेखेपछि उनले हारगुहार गरेकी थिइन्।
गाउँलेहरू र प्रहरीले खोजी अभियान चलाएपछि मात्र बालकको शव भेटिएको हो। रचना शनिवार मात्रै छोरालाई लिएर बर्दियास्थित सानीआमा जमुना कँडेलको घर गएकी थिइन्।
उनको घर बाँकेको राप्तिसोनारी गाउँपालिका–५ मा पर्छ। आइतबार बालकको शवको पोष्टमर्टम गरी आफन्तलाई बुझाइने प्रहरीले जानकारी दिएको छ। यस घटनाले स्थानीय समुदायमा दुःख र आतंक फैलाएको छ ।
चितुवाको आक्रमणबाट बालकको मृत्युले वन्यजन्तु र मानव बीचको सहअस्तित्वको चुनौतीलाई पनि उजागर गरेको स्थानीयले जनाएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #घरको आँगनबाटै चितुवाको आक्रमणमा परेर २ वर्षीय बालकको मृत्यु
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्