तातोपानी भन्सारलाई तीन अर्ब नोक्सान
सिन्धुपाल्चोक, फागुन ४ गते । बाढी पहिरोका कारण तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयलाई तीन अर्ब नोक्सान भएको छ । चालु आर्थिक वर्षको असोज ११ र १२ गतेको बाढी पहिरोका कारण भन्सार कार्यालयले उक्त सङ्ख्याका नोक्सान व्यहोर्नु परेको हो ।
असोज ११ र १२ गतेको भीषण बाढीले नाकास्थित लिपिङखोलाको पक्की पुल, लार्चाको बेलिब्रिज बगाएको थियो । दुवै पुल बगाएपछि चीनबाट आयात भइरहेको सामान रोकियो । दुवै देशबिच व्यापारिक सामान कारोबार रोकिएपछि उक्त समयमा राजश्व सङ्कलन हुन सकेन । सोही कारणले भन्सार कायालयले तीन अर्ब रुपियाँ राजश्व नोक्सान व्यहोर्नु परेको तातोपानी भन्सार कार्यालयका सूचना अधिकारी सूर्यप्रसाद काफ्लेले जानकारी दिनुभयो ।
बाढीले पक्की पुल र बेलिब्रिज बगाएपछि २६ दिनसम्म मालवाहक कन्टेनर आउजाउ रोकिएको थियो । त्यस समयमा नाकामा व्यापारिक गतिविधि ठप्प भएको थियो । २६ दिनपछि लिपिङखोला र भोटेकोसी नदीमा ह्युमपाइप राखेर अस्थायी रूपमा नाका सञ्चालन गरिएको थियो । तर पनि सहज रुपमा नाका सञ्चालनमा आउन सकेन । असोजदेखि हालसम्म हल्काफुल्का व्यापारिक गतिविधिका कारण भन्सारले तीन अर्ब राजश्व नोक्सानी व्यहोर्नु परेको हो । प्राकृतिक विपत्तिले निम्त्याएको विपद्का कारण भन्सारले सो नोक्सान व्यहोर्नु परेको हो ।
राजश्व सङ्कलनका नोक्सानीका साथै अन्य थुप्रै प्रकारका घाटा व्यहोर्नु परेको काफ्लेले बताउनु भएको छ । दसैँ तिहारका समय परेकाले ठुलो मात्रमा चीनबाट सामान आयात भएन । साथै नेपालबाट कुनै पनि सामान चीनतर्फ निर्यात भएन । त्यसले पनि भन्सारले ठुलो मात्रमा राजश्व सङ्कलन नोक्सानी सामना गर्नु परेको हो । बाढी पहिरोले पुल, सडक नराम्री क्षति पुर्याएपछि व्यापारीहरूले सामान ल्याउन अनिच्छुक भएका थिए । त्यस कारण राजश्व भने जस्तो सङ्कलन भएको थिएन । राजश्व सङ्कलनमा नोक्सानी व्यहोरेको भन्सारले सरकारसँग पुल, सडक छिटै निर्माणको माग राखेको छ ।
तर अहिले लिपिङखोलामा नयाँ बेलिब्रिज जडान गरेको छ । सो पुलको दुवै साइडमा रिटेनिङ वाल निर्माण नहुँदा पुलबाट मालवाहक कन्टेनर आवतजावत गराउन सकिएको छैन । मालवाहक कन्टेनर धेरै लोड हुने हुँदा पुल हलचल हुनसक्ने खतरा बढेको छ । रिटेनिङ वाल निर्माण नहुँदा पुल बलियो नहुने भएकाले सोही बेलिब्रिजबाट मालवाहक कन्टेनर आउजाउ गराउने जोखिम पैदा भएको छ । तत्काल सो वाल निर्माण गरी सहजता सिर्जना गराउन व्यापारीहरूले माग गरेका छन् । सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष उमेश प्रधानले कोदारी राजमार्गका दर्जनौँ खण्डलाई स्तरोन्नति गरी सहजता दिलाउन सरकारसँग माग राख्नु भएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #तातोपानी भन्सारलाई तीन अर्ब नोक्सान
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्