एमाले निकट कर्मचारी संगठनमा पार्टीको हस्तक्षेप, नयाँ नेतृत्वबारे बालुवाटारमा छलफल
काठमाडौं । नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठनमा नेतृत्व चयन प्रक्रियामा विवाद बढेपछि १२औं महाधिवेशन दुई दिन लम्बिएको छ । राष्ट्रिय सभागृहमा माघ ३० गते उदघाटन भएको महाधिवेशन फागुन १ गते सक्ने तालिका थियो । तर सहमतिमा नेतृत्व चुन्ने कि निर्वाचनबाट भन्नेमा विवाद चर्किएपछि आज फागुन ३ गतेसम्म पनि महाधिवेशन जारी छ । आज शनिबार बिहान महाधिवेशन प्रतिनिधिहरुलाई क्वालिटी बैंक्वेटमा उपस्थित गराइएको छ । यसअघि राष्ट्रिय सभागृहबाट महाधिवेशनस्थल कार्की बैंक्वेटमा सारिएको थियो । बबरमहलस्थित कार्की बैंक्वेटमा आज बिहे समारोह भएकाले संगठनको महाधिवेशन बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा सारिएको हो ।
कार्यान्वयन भएन निर्वाचन तालिका
अध्यक्षका दाबेदार रेवन्त गौतम र भवानी दाहालका पक्षमा प्रतिनिधिहरु विभक्त छन् । गौतमका समर्थक निर्वाचनबाट नेतृत्व चुन्नुपर्ने पक्षमा छन् भने दाहालका समर्थकले सहमतिमा जोड दिएका छन् । यही विवादका कारण निर्वाचन आयोगले शुक्रबार सार्वजनिक गरेको निर्वाचन तालिका पनि कार्यान्वयन भएन । आयोग अध्यक्ष बाबुराम थापाले शुक्रबार दिउँसो ३ बजेदेखि ५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने र अन्य प्रक्रिया पूरा गरी राति ११ बजेपछि मतदान गर्ने तालिका सार्वजनिक गरेका थिए । तर उम्मेदवारी नै दर्ता नभएपछि प्रतिनिधिहरुले छिटो नेतृत्व चयन सुरु गर्न माग गर्दै हलमा नाराबाजी गरेका थिए । अध्यक्ष मण्डलले भने शुक्रबार बेलुका ९ बजेपछि अर्को दिन बिहान ८ बजेसममका लागि भनेर महाधिवेशन स्थगित गरिदिएको थियो ।
महाधिवेशन स्थगित गरी कर्मचारी संगठनका नेताहरु प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालुवाटार गएका थिए । अध्यक्ष मण्डल, निर्वाचन मण्डल, अध्यक्षका दाबेदारहरु लगायतसँग ओलीले राति अबेरसम्म छलफल गरेका थिए । संगठनका हालका अध्यक्ष लेखनाथ कोइरालाले पनि भवानी दाहाललाई अध्यक्ष बनाउनुपर्ने अडान लिएका छन् । पूर्व अध्यक्षहरूले भने गौतमको नाम अघि सारेका छन् । जनवर्गीय संगठन विभाग प्रमुख भानुभक्त ढकालले पनि भवानी दाहालको पक्ष लिएका छन् उनले महाधिवेशनको उदघाटनसत्रमै प्रधानन्यायाधीश र नेपाल पत्रकार महासंघको अध्यक्ष महिलालाई बनाएको भन्दै अब संगठनको अध्यक्ष पनि महिला नै हुने अभिव्यक्ति दिएपछि चुनाव माग गर्दै आएका गौतम समर्थकहरु भड्किएका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #एमाले निकट कर्मचारी संगठन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्