देशभर १२ लाख ४० हजार किशोरीले लगाए एचपीभी खोप
काठमाडौँ । देशभर १२ लाख ४० हजार ७७ किशोरीले एचपीभी खोप लगाइका छन् । माघ २२ देखि फागुन ६ गतेसम्म हिमाली ४ जिल्ला बाहेकमा सञ्चालन भइरहेको पाठेघरको मुखको क्यान्सर रोकथामविरुद्ध एचपीभी खोप अभियान अन्तर्गत ती किशोरीले खोप लगाएका हुन् ।
लक्ष्यको ७३ प्रतिशत किशोरीलाई खोप प्रदान गरिसकेको मन्त्रालयले जनाएको छ ।
यस अभियानमा कक्षा ६ देखि १० सम्मका छात्राहरू र विद्यालय नजाने १० देखि १४ वर्षसम्मका सबै किशोरीलाई खोप लगाउन मन्त्रालयको आग्रह छ ।
साथै, सरकारले आगामी वर्षदेखि एचपीभी खोपलाई कक्षा ६ मा अध्ययनरत तथा विद्यालय नजानेको हकमा १० वर्ष उमेरका किशोरीहरूका लागि नियमित खोप कार्यक्रममा समावेश गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #देशभर १२ लाख ४० हजार किशोरीले लगाए एचपीभी खोप
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्