टोखा नगरपालिकाले न्यूनतम रोजगारीका लागि आवेदन आह्वान गर्यो
टोखा, काठमाडौँ । टोखा नगरपालिका, नगर कार्यपालिकाको कार्यालयले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्ष २०८२/०८३ का लागि बेरोजगार नागरिकहरूलाई न्यूनतम रोजगारीमा संलग्न गराउने उद्देश्यले निवेदन आह्वान गरेको छ।
यस कार्यक्रमअन्तर्गत १८ वर्षदेखि ५९ वर्षसम्म का न्यून आय भएका वा स्वरोजगारमा संलग्न नभएका नेपाली नागरिकहरूले आवेदन दिन सक्नेछन्। बेरोजगार नागरिकहरूले २०७१ फागुन महिनाभित्र आफू स्थायी रूपमा बसोबास गरेको वडा कार्यालयमा सूचीकृत हुनुपर्नेछ।
निवेदन दिन इच्छुक व्यक्तिहरूले तल उल्लेखित कागजातहरू अनिवार्य रूपमा पेश गर्नुपर्नेछ:
नागरिकताको प्रतिलिपि (१ थान)
बसाइँसराइ गरेको भए सो प्रमाणपत्रको प्रतिलिपि (१ थान)
महिलाको हकमा अन्य जिल्लाको नागरिकता भए विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि (१ थान)
फारम कसरी प्राप्त गर्ने?
बेरोजगार दर्ता आवेदन फारम pmep.gov.np मा उपलब्ध रहेको छ। फारम प्राप्त गर्नका लागि:
1. pmep.gov.np वेबसाइट खोल्नुहोस्।
2. “हाल प्रचलनमा रहेका कानुनहरू” सेक्सनमा जानुहोस्।
3. “प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका २०७५” हेर्नुहोस्।
4. पृष्ठ ३५-४० मा बेरोजगार दर्ता आवेदन फारम उपलब्ध छ।
थप जानकारीका लागि कहाँ सम्पर्क गर्ने?
थप जानकारीका लागि टोखा नगरपालिकाको रोजगार सेवा केन्द्र वा प्रधानमन्त्री रोजगार कार्यक्रमको आधिकारिक वेबसाइट prep.gov.np हेर्न सकिन्छ। साथै, रोजगार संयोजकको मोबाइल नम्बर ९८०३१०००१६ मा सम्पर्क गर्न सकिन्छ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #टोखा नगरपालिकाले न्यूनतम रोजगारीका लागि आवेदन आह्वान गर्यो
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्