खाना नपकाएको निहुँमा पति र छोराले बन्दुक देखाउँदै लखटेपछि सुनकुमारी प्रहरीमा
धुलिखेल । एकनाले भरुवा बन्दुक तेर्स्याउँदै दुई पुरुष एक महिलालाई लखेटिरहेका थिए । महिला चाहिँ ‘बचाउ बचाउ’ भन्दै दौडिरहेकी थिइन् । जब गाउँलेले हतियारधारी पुरुषलाई घेरे, बल्ल थाहा पाए झगडा घरायसी रहेछ ।
रिस थियो, घरमा खाना नपकाएर भोकभोकै राखेको । त्यसरी घरायसी झगडामा बन्दुक नै तेर्स्याउने अरु कोही थिएनन्, एकजना ती महिलाका पति र अर्का छोरा ।
काभ्रेको पाँचखाल नगरपालिका–१ ठाटी गौरिकोटको घटना हो । बुधबार पति र छोराद्वारा हतियार देखाउँदै लखेटिएपछि ५७ वर्षीया पीडित सुनकुमारी तामाङले प्रहरी गुहार्दै पाँचखालस्थित प्रहरी चौकीमा उजुरी गरिन् ।
त्यहाँका सई मुनकुमार सापकोटाको टोलीले अनुसन्धान गरेपछि प्रमाणित भयो, हतियार सक्कली भएको कुरा ।
सुनकुमारीका ६१ वर्षीय पति मंगलबहादुर र ३२ वर्षीय छोरा सन्तबहादुर उक्त हतियारसहित पक्राउ परेका छन् । उनीहरूविरुद्ध हात हतियार तथा खरखजाना मुद्दा चलाइएको जिल्ला प्रहरीले काभ्रेकी एसपी बसुन्धरा खड्काले बताइन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #खाना नपकाएको निहुँमा पति र छोराले बन्दुक देखाउँदै लखटेपछि सुनकुमारी प्रहरीमा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्