एलिनालाई रचना र समीक्षाको हौसला, कसले के लेखे ?
काठमाडौं । गायिका एलिना चौहानको डिभोर्सलाई लिएर उनका दुई समकालीन गायिकाहरु रचना रिमाल र समीक्षा अधिकारीले प्रतिक्रिया दिएका छन् ।
सामाजिक सञ्जालमार्फत उनीहरुले एलिनालाई हौसला र सहानुभूतिसमेत दिएका छन् । एलिनालाई अब मुखबाट मात्र होइन मनबाटै हाँसेको देख्न पाउने रचनाको आशा छ ।
उनले लेखेकी छन्, ‘अन्ततः आज तपाईंले एकदम ठूलो आँट र मनले यो निर्णय लिनुभएको छ । दिदी, अब तपाईंलाई मुखले मात्रै होइन मनबाट नै हाँसेको हेर्न पाउँछु भन्ने ठूलो आशा छ । अरु खुशी आउँदै, जाँदै गर्छन्, तर मनको खुशी आफैंले स्थापित गर्ने हो । म तपाईंको शुभचिन्तक हिजो पनि थिएँ, आज पनि छु र भोलि पनि रहनेछु । आई लभ यु मेरी दिदी ।’
समीक्षाले पनि डिभोर्सको निर्णय लिएर एलिनाले आफूलाई सक्षम र साहसी नारी सावित गरेको बताएकी छन् ।
‘हिजो मलाई अन्यायका विरुद्ध डटेर सामना गर्न उत्प्रेरणा दिनुहुन्थ्यो, मलाई त्यतिबेलै तपाईं साँच्चै साहसी लाग्नुहुन्थ्यो । आज हिंसा र यातनाविरुद्ध जीवनको सारथीबाटै अलग हुने निर्णय गरेर फेरि आफूलाई हिम्मतवाली, सक्षम र साहसिक सावित गरिदिनुभएको छ । सलाम छ । बहिनीका रुपमा म सधैँ तपाईंको साथमा रहिरहनेछु ।’
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #एलिनालाई रचना र समीक्षाको हौसला, #कसले के लेखे ?
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्