टोखा नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ सुरु
काठमाडौं। टोखा नगरपालिकाले आयोजना गर्ने चौथो नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ को भव्य उद्घाटन आज तिलिङटार माध्यामिक विद्यालयमा सम्पन्न भएको छ। माघ २९ गतेदेखि फाल्गुन ३ गतेसम्म चल्ने यस प्रतियोगितामा नगरभित्रका विभिन्न विद्यालयका विद्यार्थीहरूले सहभागिता जनाउने छन्।
प्रतियोगिताको उद्घाटन समारोह नगर प्रमुख प्रकाश अधिकारीको सभापतित्वमा सम्पन्न भयो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल उपस्थित हुनुहुन्थ्यो।
साथै, कार्यक्रममा नगर उपप्रमुख मुरारी तामाङ, प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बि.सी., नगर प्रवक्ता बच्चुराज बस्याल, नगर खेलकुद समिति संयोजक नरोत्तम राना, वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरू, तिलिङटार माविका प्रधानाध्यापक सरोज पाण्डे, नगरपालिकाका कर्मचारीहरू, पत्रकारहरू, विद्यार्थीहरू तथा स्थानीय जनसमुदायको उल्लेखनीय उपस्थिति रहेको थियो।
नगर प्रमुख अधिकारीले प्रतियोगिताको उद्घाटन गर्दै खेलकुदले शारीरिक तथा मानसिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। स्वास्थ्य मन्त्री पौडेलले पनि युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्न यस्ता प्रतियोगिताहरू आवश्यक रहेको उल्लेख गर्नुभयो।
टोखा नगरपालिकाले हरेक वर्ष आयोजना गर्ने यो प्रतियोगिता नगरभित्रका विद्यार्थीहरूको प्रतिभा उजागर गर्ने महत्वपूर्ण माध्यम बनेको छ। प्रतियोगिता अन्तर्गत विभिन्न एथलेटिक्स र खेलकुद प्रतिस्पर्धा सञ्चालन गरिने छ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #टोखा नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ सुरु
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्