आगामी फाल्गुण ३ गते प्रथम साँगे सम्मेलन २०८१ आयोजना गरिने
काठमाडौं, माघ २९ – साँगे सभ्यताको ऐतिहासिक महत्त्वलाई उजागर गर्दै समुदायलाई एकताबद्ध गर्ने अभिप्रायका साथ आगामी फाल्गुण ३ गते प्रथम साँगे सम्मेलन २०८१ आयोजना गरिने भएको छ। साँगे दर्पण प्रकाशन समितिको संयोजनमा भर्चुअल माध्यमबाट यस सम्मेलन हुन लागेको हो । माघ २८ गते काठमाण्डौमा पत्रकार सम्मेलन आयोजना गरि साँगे सम्मेलनमा ‘साँगे सभ्यता संरक्षण तथा विकास अभियान’ को औपचारिक घोषणा गरिने कार्यक्रम रहेको पनि जानकारी गराईएको छ ।
पत्रकार सम्मेलनमा समितिले यस ऐतिहासिक सम्मेलनमा करिब ५०० जना सहभागी हुने अपेक्षा गरिएको जनाएको छ।
सम्मेलनमा स्वागत मन्तव्य, राष्ट्रिय गान, परिचयात्मक सत्र, सहभागी वक्ताहरूका मन्तव्य, धन्यवाद ज्ञापन, क्षेत्रगत संयोजन समिति प्रस्ताव, तथा साँगे सभ्यता संरक्षण तथा विकास अभियान कार्यसमिति गठनजस्ता गतिविधिहरू समावेश गरिनेछ। यो सम्मेलनले साँगे सभ्यताको संरक्षण, प्रवर्द्धन, र समृद्धिका लागि मार्गचित्र प्रस्तुत गर्ने आयोजकको विश्वास छ।
साँगे सभ्यता संरक्षणका लागि क्षेत्रीय संपर्क समाज गठन
सम्मेलनमार्फत विभिन्न क्षेत्रीय संपर्क समाजहरू गठन गरिनेछ । जसअन्तर्गत पोखरा, चितवन-नवलपुर, तनहुँ, तथा अन्य जिल्लाहरूसँगै उत्तर अमेरिका, दक्षिण अमेरिका, अष्ट्रेलिया, एशिया, युरोप, र अफ्रिका जस्ता अन्तर्राष्ट्रिय क्षेत्रहरू पनि समेटिनेछन्। आयोजक समिति साँगे दर्पण स्मारिका प्रकाशन समिति संयोजक सुरेन्द्र वाग्लेले यस कदमले साँगे समुदायलाई विश्वव्यापी रूपमा एकताबद्ध गर्न सहयोग मिल्ने विश्वास व्यक्त गरे । त्यसैगरि सम्मेलन आयोजनाको उदेश्य माथि प्रकाश पार्दै उनले भने “खासमा साँगे सभ्यताको ऐतिहासिक, सांस्कृतिक, तथा प्राकृतिक महत्वलाई उजागर गर्दै यसको संरक्षणका लागि ठोस योजना बनाउनु, समुदायका सदस्यहरूलाई एकताबद्ध गर्नु, भावी पुस्तालाई साँगे सभ्यताको महत्त्वबारे सचेत गराउनु र साँगे क्षेत्रको समग्र विकासका लागि रणनीतिक कार्ययोजना तय गर्नु सम्मेलनका मुख्य उद्देश्यहरू हुन” ।
त्यस अवसरमा साँगे काठमाडौं संपर्क समाजको अगुवाईमा ‘साँगे दर्पण’ नामक स्मारिका प्रकाशनको तयारी भइरहेको बारे जानकारी दिदै ३५ प्रतिशत हाराहारी कार्यप्रगति भएको पनि अवगत गराईयो । साँगे दर्पण प्रकाशन समितिकातर्फबाट साझा धारणा राख्दै साँगे दर्पणका सम्पादक सरोज ओझाले साँगे खोलाको उद्गमदेखि मादि नदीसँगको संगमसम्मको भूभाग तथा सेरोफेरोसँग विगतदेखी वर्तमानसम्म गाँसिएका सबै जात, जाती सम्प्रदायको पहिचानलाई सम्बोधन गरिने बताउदै भने “साँगे सभ्यता हाम्रो साझा पहिचान हो। यसको संरक्षण, प्रवर्द्धन, र समृद्धिका लागि सबैको सहभागिता आवश्यक छ र हामीलाई साँगे खोलाको उद्गमदेखि मादि नदीसँगको संगमसम्मको भूभाग तथा सेरोफेरोसँग विगत होस् वा वर्तमान, यस माटोसँग जोडीएका सबै जात, जाती सम्प्रदायको पहिचानलाई सम्बोधन गर्न सम्मेलनले थप सहजता प्रदान गर्ने हाम्रो ठम्याई छ” ।
यस ऐतिहासिक सम्मेलनमा साँगे समुदाय, अभियन्ता, बुद्धिजीवी, पत्रकार, राजनीतिकर्मी, समाजसेवी, व्यवसायी तथा सरोकारवालाहरू सबैलाई उपस्थित भई साँगे सभ्यताको उत्थानमा योगदान गर्न आयोजक समितिले आग्रह समेत गरेको छ। पत्रकार सम्मेलनमा प्रकाशन समिति संयोजक सुरेन्द्र वाग्ले, सम्पादक सरोज ओझा, साँगे काठमाडौं सम्पर्क समाजका सचिव विकास भण्डारी, प्रकाशन समिति सदस्यहरू हरिराज वाग्ले (पूर्व एस. एस. पी. ), बाला शर्मा पण्डित, चन्द्रा वाग्ले (न्यौपाने), हरिराज वाग्ले (धारापानी) को उपस्थिति रहेको थियो।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्