विपक्षी दलको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित
काठमाडौं । विपक्षी दलहरुको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ।
कांग्रेस सांसद रामहरि खतिवडाले बोलेको अभिव्यक्तिप्रति आपत्ति जनाएर विपक्षी दलहरुले अवरोध गरेपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन्।
तर, विपक्षी दलका सबै सांसदहरु उठेपछि अहिले सदन अवरुद्ध भएको छ। शून्य समय सकिएपछि सांसद खतिवडालाई बोल्न दिइएको थियो।
उनले रास्वपा सभापति रवि लामिछानेले पदको दुरुपयोग गरेको कुरा उठाएपछि विपक्षी दलहरुले खतिवडाको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरेका छन्।
सभामुखले खतिवडाले कुन नियमावलीको आधारमा बोलेको भन्ने संसद सचिवालयलाई अध्ययन गरेर निर्णय गर्न आदेश दिएको बताए।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #विपक्षी दलको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्