वडा अध्यक्ष अमृत थापा , नेपाल प्रहरी सहितको टिम मनमैजु पुलमा , लकडाउनमा थप कडाई
४ वैशाख, काठमाडौं । तारकेश्वर नगरपालिकाले आजदेखि नगरभित्र लकडाउन थप कडा पार्न सबै वडाहरुलाई निर्देशन जारी गरेको छ । नगरको निर्देशनलाई पूर्ण रुपमा पालना गर्दै तारकेश्वर वडा नं. १० ले दिनको २ घण्टामात्र खाद्यान्न पसल खोल्न दिने निर्णयलाई कार्यान्वयन गर्न वडा कार्यालय खटिएको छ । तारकेश्वर वडा नं. १० टोखा नगरपालिकाको मुख्य नाका सँग जोडिएको क्षेत्र हो ।
मनमैजु पुलमा वडा अध्यक्ष अमृत थापा सहित ऐश्वर्य समाजका अध्यक्ष सुर्य गेलान मगर र नेपाल प्रहरि सहितको टिमले पहरा दिइराखेको छ ।
थापाले वडाभित्रका सक्रिय टोल सुधार समितिहरु, सामाजिक अभियान्ताहरु, नागरिक समाज र आमा समूहका प्रतिनिधिहरुलाई विभिन्न आर्क बनाएर त्यसको जिम्मा लगाएका छन् । मालपोत आर्कमा सिपि मल्लसहितको टोली खटिएको छ भने लोकतान्त्रिक चोकको आर्कमा ऋषि लोहनीको नेतृत्वमा र छन्त्याल चोकमा होमबहादुर बोगटीको नेतृत्वको टिम खटिएको छ । शुभकामना चोकमा किशोर खड्कासहितको टोली खटिएको छ ।
लाखे टोल र घले पुलमा इन्द्र गुरुङ र शिव नगरका टोल सुधार समितिका सदस्यहरु सहितको टिम खटिएको छ । नासाल चोकमा अमर महर्जन र वडा नं. १० का वडा सदस्य श्याम महर्जन र नापी चोकमा विनोद शर्मा र सरिस मर्हजन लगायतको टिम । हिलेटोल हाइटमा सागर कार्की, केशव बोगटी सहितको टिमले वडा नं. १० लाई सुरक्षित राख्न टिम परिचालन गरिएको कुरा वडा अध्यक्ष अमृत थापाले बताएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #वडा अध्यक्ष अमृत थापा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्