मानसिंह स्कुलमा तृतिय श्रेणिका निमिक्त प्रअले दोस्रो श्रेणिका सिनियर शिक्षकलाई हाजिर गर्न नदिएपछि…
२७ माघ, काठमाडौं । मानसिंह धर्म माध्यमिक विद्यालयका तेस्रो श्रेणीका निमिक्त प्रधानाध्यापक केदार प्रसाद गजुरेलले मा.वि. दोस्रो श्रेणीका सिनियर शिक्षक नारायण जंग थापालाई विद्यालयमा हाजिर गर्न नदिएको घटना बाहिर आएको छ ।
नारायण जंग थापाको मुद्धा उच्च अदालत पाटनमा विचारधिन रहेको अवस्थामा निमिक्त प्रधानाध्यापक केदार प्रसाद गजुरेलले विद्यालयको हाजिरी पुस्तीका लुकाई हाजिरी गर्न नदिएपछि सिनियर शिक्षक नारायण जंग थापाले तारकेश्वर वडा नं. १० को कार्यालयलाई जानकारी दिएका थिए । तानपा १० का वडाअध्यक्ष कुमार राईले तत्काल अर्को हाजिरी बनाई वैकल्पिक हाजिर गरी पठनपाठन सुचारु गर्न सिनियर शिक्षक नारायण जंग थापालाई पत्र पठाएका छन् । त्यस्तै वडाले पठाएको पत्र नगर शिक्षा शाखा, धर्मस्थली र मानसिंह धर्म माध्यमिक विद्यालयमा बोधार्थ पठाइएको छ ।

शिक्षक नारायण जंग थापाले तारकेश्वर नगरपालिका नगर शिक्षा शाखालाई लेखिएको पत्रअनुसार निमिक्त प्रअ केदार गजुरेलले आफ्नो कार्यकक्षमा बोलाई डर, धम्की, जवर्जस्ती राजिनामा दिन बाध्य पार्न खोजिएको तर राजिनामा पत्रमा हस्ताक्षर नगरेका कारण निमिक्त प्रअले सम्पुर्ण शिक्षकको हाजिर लुकाई विद्यालयमा आतङुक सृजना गरिएको कुरा उल्लेख गरिएको छ ।
सिनियर शिक्षक नाारयण जंग थापाले मानसिंह धर्म मा.वि.मा कक्षा ६ मा सामाजिक र नेपाली, कक्षा ८ र ९ मा नेपाली विषयको अध्यापन गर्दै आएका छन् ।
सिनियर शिक्षक नारायण जंग थापाले शिक्षा विकास तथा समन्वय इकाई ताहाचल काठमाडौंमा पत्र पठाई निमिक्त कनिष्ठ तृतिय श्रेणीका प्रअले पठाएको पत्रअनुसार राजिनामा स्विकृत नगर्न अनुरोध गरेका छन् । थापाले आफुसँग कुनै सल्लाह नभई जबरजस्त राजिनामा स्विकृतको लागि पठाएको कुरा पत्रमा उल्लेख गरिएको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #breaking, #मानसिंह स्कुलमा तृतिय श्रेणिका निमिक्त प्रअले दोस्रो श्रेणिका सिनियर शिक्षकलाई हाजिर गर्न नदिएपछि…
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्