भ्यालेन्टाइन सप्ताह सुरु, आज ‘रोज डे’
काठमाडौं, २५ माघ । फेब्रुअरी महिनालाई प्रेमिल जोडीहरुको महिना मान्ने गरिन्छ । उनीहरुका लागि फेब्रुअरी महिना निकै विशेष हुन्छ ।
फेब्रुअरीको दोस्रो साता अर्थात आजबाट प्रेमीहरु एकआपसमा प्रेम साटासाट गर्छन् । माया गर्नेहरूका लागि आजबाट हरेक दिन उत्सव जस्तै हुन्छ । प्रेम गर्ने जोडीहरूले साताभर आफ्नो पार्टनरसँग प्रेम व्यक्त गर्न विभिन्न तरिकाहरू अपनाउँछन् त्यसैले प्रेमको यो हप्तालाई भ्यालेन्टाइन साता मान्छन् ।
भ्यालेन्टाइन सप्ताहका सात दिनमा प्रेमिल जोडीहरुले विभिन्न तरिकाले प्रेम व्यक्त गर्ने गर्छन् । यो आज ७ फेब्रुअरीदेखि सुरु भएर १४ फेब्रुअरी सम्म मनाइन्छ ।
भ्यालेन्टाइन सप्ताहको पहिलो दिनलाई गुलाफ दिवस (रोज डे) को रूपमा मनाउँछन् । प्रेम गर्ने जोडीहरूले रातो गुलाफ फूलको सहायताले आफ्नो प्रेम व्यक्त गर्छन् ।
यसैगरी, दोस्रो दिन फेब्रुअरी ८ मा प्रपोज डे, फेब्रुअरी ९ मा चकलेट डे, फेब्रुअरी १० मा टेडी डे, फेब्रुअरी ११ मा प्रमिस डे, फेब्रुअरी १२ मा हग डे, फेब्रुअरी १३ किस डे र फेब्रुअरी १४ मा प्रणय दिवस अर्थात भ्यालेन्टाइन डे मनाउँछन् ।
क्याटेगोरी : समाचार
ट्याग : #‘रोज डे’, #hot
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्