चितवनमा रविको थुनछेक बहस सकियो
काठमाडौं । रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध चितवनमा दायर मुद्दाको थुनछेक बहस सकिएको छ ।
साहारा सहकारी चितवनको रकम ठगी प्रकरणमा चितवन अदालतमा रविसहित १५ जना र ६ संस्थाविरुद्ध चितवनमा मुद्दा दायर गरिएको थियो । न्यायाधीश दयाराम ढकालको इजलासमा उनको बयान तथा थुनछेक बहस भएको हो ।
रवि हिजै बयानका लागि अदालत हाजिर भएका थिए ।
रविका तर्फबाट वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, जगन्नाथ पौडेलसहितका वकिलले बहस गरेका थिए ।
अब अदालतले साधारण तारेख वा धरौटीमा छाड्ने वा पुर्पक्षका लागि कारागार चलानमध्ये एक आदेश दिनेछ ।
यसअघि रवि सूर्यदर्शन सहकारीमा कास्कीबाट ६५ लाख, स्वर्णलक्ष्मी सहकारीमा काठमाडौंबाट ६० लाख र सुप्रिम सहकारी प्रकरणमा रुपन्देही अदालतबाट १ करोड धरौटीमा छुटेका थिए ।
प्रहरीले पठाएको पहिलो प्रतिवेदनमा थप अनुसन्धान गर्नुपर्ने भन्दै सरकारी वकिल कार्यालयले फाइल फिर्ता गरेको थियो ।
पुरक निवेदनसहित साहारा सहकारीको ४३ लाख ९४ हजार ६ सय ३१ रूपैयाँ फिर्ता पाउनुपर्ने मागदाबी प्रहरीको छ । भने कम्पनीको हकमा ५६ करोड २२ लाख ५० हजार हाराहारीमा रकम बिगो जनाइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #चितवनमा रविको थुनछेक बहस सकियो
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्