कोशी प्रदेशको उर्जा र सिंचाईको विकासका लागि कोशी प्रदेशका सांसदसँग उर्जामन्त्रीको छलफल
काठमाडौँ, २४ माघ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले ठूला जलविद्युत आयोजनालाई चाँडो अगाडि बढाउनेगरी सरकारले काम गरिरहेको बताउनुभएको छ ।
कोशी प्रदेशबाट प्रतिनिधीसभा तथा राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सांसदहरुसँगको कोशी प्रदेशको उर्जा र सिंचाई क्षेत्रको विकासका लागि बुधबार मन्त्रालयमा आयोजित छलफलमा उहाँले सरकारले राखेको उर्जा विकास मार्गचित्रको लक्ष्य पुरा गर्न सरकारले ठूला जलविद्युत आयोजनालाई चाँडो अगाडि बढाउनेगरी काम गरिरहेको बताउनुभएको हो ।
“सरकारले आगामी दश वर्षभित्र २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ, उक्त लक्ष्यलाई पुरा गर्न सरकारलाई सांसदहरुको महत्वपूर्ण सहयोगको खाँचो छ,”– मन्त्री खड्काले भन्नुभयो । उहाँले उत्पादित विद्युतको बजार सुनिश्चित भएकाले यस क्षेत्रमा लगानी सुनिश्चित रहेको उल्लेख गर्नुभयो ।
उर्जामन्त्री खड्काले कतिपय आयोजनामा सरकारले लामो समयदेखि लगानी गरेपनि प्रतिफल शुन्य रहेको बताउँदै अब त्यस्तो हुन नदिन सरकारले चाँडो आयोजना अगाडि बढाउने बताउनुभयो । लामो समयदेखि अल्झेर बसेका आयोजनालाई सरकारले चाँडो अगाडि बढाउन खोजेको मन्त्री खड्काको भनाई थियो ।
पूर्वमन्त्री योगेश भट्टराईले उर्जा र पर्यटनमार्फत कोशी प्रदेशको विकास सम्भव भएको बताउनुभयो । उहाँले विद्युत आयोजनाको प्रतिफल स्थानीय जनताले पाउनेगरी योजना बनाउनुपर्ने उल्लेख गर्नुभयो । कोशी प्रदेशको आर्थिक विकासका लागि तमोर जलाशययुक्त आयोजनालाई लगानी जुटाएर अगाडि बढाउनुपर्ने धारणा उहाँले राख्नुभयो ।
नेता भट्टराईले पाथिभरा मन्दिर सबैको साझा भएकाले यसलाई विवादमा ल्याउनु उपयुक्त नहुने बताउनुभयो । पाथिभरामा केवलकार निर्माण भए यहाँको आर्थिक विकासमा टेवा पुग्ने उहाँको भनाई थियो ।
पूर्वमन्त्री सीता गुरुङले उर्जा क्षेत्रमार्फत मुलुकको आर्थिक विकास गर्नका लागि सरकारले ल्याएको उर्जा विकास मार्गचित्रलाई कार्यान्वयन गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले आयोजनालाई प्राथमिकताका आधारमा अगाडि बढाउनुपर्ने उल्लेख गर्नुभयो ।
पूर्वमन्त्री अमललाल मोदीले सुनसरी मोरङ सिंचाई आयोजनालाई राष्ट्रिय गौरवको आयोजना बनाएर अगाडि बढाउनुपर्ने बताउनुभयो । उहाँले वर्षाद्को समयमा तराई क्षेत्रमा बाढी आउने भएकाले यसको दीगो समाधान खोज्नुपर्ने उल्लेख गर्नुभयो ।
उर्जा, जलस्रोत तथा सिंचाई राज्यमन्त्री पूर्णबहादुर तामाङले सरकारले उर्जा र सिंचाईका आयोजनालाई प्राथमिकतामा राखेर काम गर्दै आएको बताउनुभयो । उर्जा मन्त्रालयका सचिव सुरेश आचार्यले उर्जा विकास मार्गचित्रलाई पुरा गर्न जनप्रतिनिधीको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।
छलफलमा प्रतिनिधीसभा सदस्य रामकुमार राई, सुहाङ नेम्वाङ, महेश बस्नेत, अम्बरबहादुर रायमाझी, राजेन्द्र राई, उर्मिला थेवे, हर्कमाया विक, राष्ट्रिय सभा सदस्य रुक्मिणी कोइरालालगायतले जनतालाई अनुभूती हुने खालका उर्जा र सिंचाईका कामलाई अगाडि बढाउन सरकारलाई आग्रह गर्नुभएको थियो । मन्त्री खड्काले निरन्तर अन्य प्रदेशका सांसदहरुसँग पनि उर्जा र सिंचाई क्षेत्रको विकासका लागि छलफल गर्ने कार्यक्रम रहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #उर्जा जलस्रोत तथा सिचाइ मन्त्रालय, #उर्जा मन्त्री दिपक खड्का, #कोशी प्रदेश, #छलफल, #सांसद
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्