रवि लामिछाने विरुद्ध थुनछेक बहस हुँदै
काठमाडौं, माघ २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री रवि लामिछाने माथि लागेको सहकारी ठगी सम्बन्धी मुद्दामा बिहीबार पनि चितवन जिल्ला अदालतमा थुनछेक बहस हुँदै छ ।
जिल्ला न्यायाधीश दयाराम ढकालको इजलासमा हेर्दा हेदैको सूचिमा रहेको लामिछानेको ठगी सम्बन्धी मुद्दामा बिहीबार पनि थुनछेक बहस हुँदै भएको हो ।
थुनछेक बहस नसकिएका कारण बुधवार अदालतले लामिछानेलाई न्यायिक हिरासतमा राख्न प्रहरीको जिम्मा लगाएको थियो । उहाँलाई बिहीबार बिहानै १० बजे नै अदालतमा उपस्थित गराउन अदालतको निर्देशन भएकाले उहाँ उपस्थित भए लगत्तै बहस सुरु हुने अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिनुभयो । बुधवार रोकिएकै अवस्थाबाट थुनछेक बहस सुरु हुने पनि बताइएको छ ।
मुद्दामा सहकारी पीडितका तर्फबाट अधिवक्ता रमेश काफ्लेले बहस गर्नुभएपछि हिजोको अदालतको कारबाही रोकिएको थियो । त्यसलाई निरन्तरता दिँदै सहकारी पीडितका तर्फबाट वरिष्ठ अधिवक्ता राजकुमार श्रेष्ठ, अधिवक्ता सुनिता अधिकारी र अधिवक्ता शम्भू वर्तौलाले आज बहस गर्दै हुनुहुन्छ ।
त्यसपछि मात्रै रवि लामिछानेका तर्फका अधिवक्ताहरूले बहस गर्ने कार्यक्रम छ । सो मुद्दामा लामिछानेका तर्फबाट बचाउ बहसकालागि वरिष्ठ अधिवक्ता सुनिलकुमार पन्तको नेतृत्वमा दश जना अधिवक्ताले आफ्नो नाम वकलातनामामा दर्ता गराउनु भएको छ ।
अधिवक्ता पन्त सहित अधिवक्ताहरू डा। एकनारायणदत्त कँडेल, अधिवक्ता चूडामणि सापकोटा, अधिवक्ता रामचन्द्र देवकोटा, अधिवक्ता सुवर्ण सापकोटा र अधिवक्ता सञ्जय गोले, अधिवक्ता गोपीलाल देवकोटा लगायतले वकालतनामा दर्ता गराउनु भएको अदालतका सूचना अधिकारी विश्वकर्माले जानकारी दिनुभयो ।
लामिछाने हाजिरकालागि अदालतमा बुधवार बिहानै उपस्थित हुनुभएको थियो । उहाँ अदालतमा हाजिर भएपछि तिन घण्टा लामो बयान लिएर थुनछेक बहस गरिएको थियो । थुनछेक बहसको शुरुमै सरकार बादी रहेको सो मुद्दामा जिल्ला न्यायाधिवक्ता रवि न्यौपाने, सहायक न्यायाधिवक्ता बुद्धवहादुर थापा, सहायक न्यायाधिवक्ता अमृत सुवेदी ले बहस गर्नुभएको थियो । उहाँले बहसका क्रममा लामिछाने लगायतका सबै अभियुक्तहरूलाई थुनामा राखेर अनुसन्धान गर्नुपर्ने दाबी गर्नुभयो ।
जिल्ला सरकारी वकिलको कार्यालय चितवनले रविका विरुद्ध मागलवर सङ्गठित अपराधको मुद्दा उन्मुक्ति दिदै ठगीमा मात्र मुद्दा दर्ता गराएको थियो । २०८१ असोज ८ गते चितवन जिल्ला अदालतमा साहारा चितवनको मुद्दा दर्ता भएको थियो । सोही मुद्दा विचराधिन भइरहेका बेला पूरक निवेदन दर्ता भए पछि लामिछाने सहितका ३२ जना विरुद्ध मुद्दा दर्ता गराएको थियो ।
लामिछानेलाई मुलुकी अपराध संहिता २०७४ को दफा २४९ उपदफा १ र २ विपरीत कसुर गरेको अभियोग लगाइएको छ । दफा २४९ को उपदफा ३ ग बमोजिम कारबाही माग गरिएको छ । लामिछानेले भने बयानमा सबै इन्कारी गर्नुभएको छ ।
साहारा चितवनबाट गोरखा मिडिया प्रालिमा १० करोड ८० लाख १८ हजार १५१ रुपियाँ गएको देखिन्छ । यसमा सञ्चालक रहेका चार जनालाई दामासाही रूपमा ठगीमा बिगो भराइने गरी मुद्दा दर्ता गरिएको थियो । यसो हुँदा लामिछाने माथि २ करोड ७० लाख ४ हजार ५३५ रुपियाँ बरावरको बिगो दाबी हुन आउँछ ।
मुद्दामा गोरखा मिडियाका नाममा जम्मा भएको रकममा ८१४ वटा मार्फत लामिछानेले एकल खर्च गरेको पनि मुद्दामा उल्लेख छ । गोरखा मिडियाको थप ६ वटा चेक जीवी राइसँग मिलेर लामिछानेले खर्च गरेको पनि मुद्दामा जनाइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #रवि लामिछाने विरुद्ध थुनछेक बहस हुँदै
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्