टोखामा एचपीभी खोप अभियान सुरु, नगर प्रमुखबाट किशोरीहरुलाई क्युआर कोड वितरण
२२ माघ, काठमाडौं । टोखा नगरपालिकामा आजबाट पाठेघरको मुखको क्यान्सर विरुद्ध एचपीभी खोप अभियान सुरु भएको छ । आज टोखा ७ को तिलिङ्गाटार मा.वि.मा आयोजित एक औपचारिक कार्यक्रममा नगर प्रमुखले किशोरीहरुलाई क्युआर कोड वितरण गरेर खोप कार्यक्रम अभियानको उद्घाटन गरेका छन् ।
नेपालमै पहिलोपटक टोखा नगरपालिकाले कोरोना महामारीमा पनि कोभिड–१९ भ्याक्सीन लगाउनेहरुलाई क्युआर कोड वितरण गरि एप्स बनाएर अनलाइनमा डाटा रेकर्ड राख्ने काम गरेको थियो । त्यस्तै अहिले एचपिभि खोपको पनि एप्समा डाटा राख्नका लागि विद्यालयले उपलब्ध गराएको डाटाअनुसार नगर स्वास्थ्य शाखाले क्युआर कोड बनाई किशोरीहरुलाई वितरण गरेको थियो । खोप लगाउने समयमा किशोरीहरुको क्युआर कोडलाई स्वास्थ्यकर्मीले स्क्यान गरी एप्समा डाटा रुजु गरेर खोप लगाउने किशोरीको नाम र स्थान, समय रुजु गरेपछि खोप लगाई कार्ड वितरण गरेका छन् ।
विश्व क्यानसर दिवसको दिन आज माघ २२ गतेबाट पाठेघरको मुखको क्यानसर विरूद्धको एचपिभि खोप अभियान नेपाल सरकारले देशैभरी सुरु गरेको हो । सोही कार्यक्रमलाई टोखा नगरपालिकाले पनि कार्यान्वयन गर्दै सबै वडामा सुरु भएको स्वास्थ्य शाखाले जानकारी दिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #टोखामा एचपीभी खोप अभियान सुरु, #नगर प्रमुखबाट किशोरीहरुलाई क्युआर कोड वितरण
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्