सामाजिक सञ्जाल प्लेटफर्महरूलाई सूचीकरण हुन ताकेता, दर्ता नभए नेपालमा रोक लगाइने
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जालका विभिन्न प्लेटफर्महरूलाई नेपालमा दर्ताको ताकेता गरेको छ । मन्त्रालयले सामाजिक सञ्जाल प्रयोगलाई व्यवस्थित गर्न दर्ताका लागि सूचना निकालेको हो ।
सामाजिक सञ्जाल सञ्चालन गर्न चाहने व्यक्ति, कम्पनी वा संस्थाले मन्त्रालयमा सूचीकरण गर्न र सम्पर्क व्यक्ति तोक्न सूचनामार्फत आग्रह गरिएको छ । यसअघि पनि सरकारले फेसबुक, एक्स, टिकटक, लिंक्डइन लगायतका सामाजिक सञ्जाललाई ‘सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८०’ को प्रावधान अनुसार सूचीकरण गर्न आग्रह गर्दै आएको छ ।
सामाजिक सञ्जालको दर्ता, नियमन र निगरानीसम्बन्धी प्रावधान मन्त्रालयको सूचनामा उल्लेख गरिएका छन् । यस कार्यले अनलाइन प्लेटफर्मको जिम्मेवारी बढाउने र डिजिटल स्पेसलाई सुरक्षित तथा मर्यादित बनाउन मद्दत पुग्ने जनाइएको छ ।
‘सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८०’मा सामाजिक सञ्जाल प्लेटफर्मले नेपालमा आफ्नो सेवा प्रदान गर्नुअघि अनिवार्यरूपमा दर्ता गर्नुपर्ने, आपत्तिजनक सामग्रीको निगरानी र हटाउने प्रक्रिया सुनिश्चित गर्नुपर्ने र प्रयोगकर्ताको गोपनीयता तथा डाटा सुरक्षामा विशेष ध्यान दिनुपर्ने प्रावधान उल्लेख छन् ।
मन्त्रालयले निर्देशिकाको कार्यान्वयनका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने सूचनमा जनाएको छ ।
सामाजिक सञ्जाल कम्पनीलाई नेपालमा सम्पर्क कार्यालय, आवासीय गुनासो सुन्ने अधिकारी र स्वनियमन परिपालनाको निगरानी गर्ने अधिकारीको व्यवस्था गर्नुपर्ने प्रावधान निर्देशिकामा रहेको छ ।
सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गरिसकेको छ ।
सामाजिक सञ्जालको सही र व्यवस्थित प्रयोग गरी सामाजिक सद्भाव, सांस्कृतिक सहिष्णुता र सुशासन प्रवर्द्धन गर्न सामाजिक सञ्जालका प्लेटफर्म सञ्चालक र प्रयोगकर्तालाई जिम्मेवार तथा जवाफदेही बनाई सामाजिक सञ्जालको सञ्चालन र प्रयोगलाई मर्यादित, सुरक्षित र व्यवस्थित गर्ने तथा नियमन गर्ने सम्बन्धमा आवश्यक कानूनी व्यवस्था गर्न विधेयक ल्याइएको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले बताएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #दर्ता नभए नेपालमा रोक लगाइने, #सामाजिक सञ्जाल प्लेटफर्महरूलाई सूचीकरण हुन ताकेता
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्