‘सिरियल किसर’ उदितनारायण ! प्रख्यात गायिकाहरुलाई पनि चुम्न बाँकी राखेनन्
काठमाडौं । बलिउडमा एक भलादमी र सरल स्वभावका गायकको रुपमा परिचित थिए उदितनारायण झा, तर भर्खरैको एउटा स्क्यान्डलले उनको यो छविमा गम्भीर क्षति पुगेको छ ।
एक अन्तर्वार्तामा उदित भन्छन्, ‘फ्यानहरु दिवाना हुन्छन् । हामीले उनीहरुलाई खुशी पार्नुपर्छ । अन्यथा हामी त्यस्तो खालका मान्छे होइनौं ।’
उदितको यो प्रष्टीकरणमा थप आलोचना खेप्नु परिरहेको छ । यद्यपि कतिपय फ्यानहरु उनको बचाउमा पनि उभिएका छन् । सुरुमा युवतीले किस गरेको र उदितले जवाफमात्रै फर्काएको उनीहरुको भनाइ छ ।
एक पटक उदितले इन्डियन आइडलको मञ्चमा नै समकालीन गायिका अल्का याग्निकलाई किस गरेका थिए । स्टेजमा गीत गाइरहेकी अल्का अचानक उदितले आएर गाला चुमेपछि स्तब्ध बनेकी थिइन् । त्यसो त उदितले अल्कालाई विभिन्न स्टेज शोका क्रममा पनि कहिले हातमा त कहिले गालामा म्वाइ खाने गरेका छन् । अल्कासित उनी निकै फ्लर्ट पनि गर्छन् । आफ्नो गायन करिअरमा उदितले सबैभन्दा बढी गीत अल्कासँगै गाएका थिए । उनीहरुका सयौं गीत हिट छन् ।
अर्को एक घटनामा उदितले नयाँ पुस्ताकी गायिका श्रेया घोषाललाई त्यस्तै हर्कत गरे । त्यो पनि एउटा अवार्ड समारोहमा, जहाँ बलिउडका दिग्गज हस्तीहरु थिए । श्रेयाले सर्वोत्कृष्ट गायिकाको अवार्ड जितेकी थिइन् । मञ्चमा अवार्ड दिन उभिएका थिए उदितनारायण र अभिनेत्री मलाइका अरोरा । श्रेया अवार्ड लिन आइन् । स्टेजमा उक्लेपछि उदितले उनलाई ‘हग’ गरे । त्यसपछि अचानक गालामा म्वाइ खाइदिए । भरिभरिभराउ हलमा सिनियर गायकले यसरी गाला चुमेपछि श्रेयाले अप्ठेरो मानेकी थिइन् ।
उमेरले ६९ वर्षमा हिँडिरहेका छन् उदित । उनले दुई विवाह गरेका थिए । पहिलो विवाह रञ्जना झासित र दोस्रो दीपा गहतराजसित गरेका हुन् । उदितको गायन करिअरमा दीपाको ठूलो हात छ ।
उदित नेपाली हुन्, तर भारतमा उनी आफूलाई नेपाली भनेर चिनाउन चाहँदैनन् । उनले आफू भारतको बिहारमा जन्मेको बताउने गरेका छन् । नेपालमा आउँदा भने उनी नेपाली नै हुँ भन्छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #‘सिरियल किसर’ उदितनारायण ! प्रख्यात गायिकाहरुलाई पनि चुम्न बाँकी राखेनन्, #breaking
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्