हिमालय हब एडभेन्चर प्रा. लि. द्वारा संस्कृत मा.वि. र सरस्वती प्रा बि मा शैक्षिक सामग्री वितरण
माग २०, गाेरखा । हिमालय हब एडभेन्चर प्रा. लिमिटेले गाेरखा जिल्लाकाे भिमसेनथापा गाउँपालिका वडा नं ३ स्थित तान्द्राङ मा रहेकाे श्री संस्कृत मा बि र श्री सरस्वती प्राथामिक बिधालयलाई शैक्षिक सामग्री वितरण गरेको छ ।
हिमालय हब एडभेन्चर प्रा. लिमिटेडका प्रबन्ध निर्देशक प्रकाश लामिछानेको समन्वयमा कक्षा १ देखि १२ सम्म अध्ययनरत २०० जना विद्यार्थीहरूलाई उक्त शैक्षिक सामग्रीहरू झाेला, कपि, पेन, ज्यामिती वक्स, आदि विद्यार्थीहरूलाई माग २० गते एक ओैपचारिक कार्यक्रम गरि वितरण गरेकाे हाे ।
वितरण कार्यक्रममा प्रमुख अतिथि भिमसेनथापा गाउँपालिक वडा न ३ का वडा अध्यक्ष श्री ऋषिराम लामिछाने, अतिथिहरू वडा सदस्य दिननाथ अधिकारी ,श्री संस्कृत उच्च माध्यमिक विद्यालय व्यवस्थापन समितीका अध्यक्षा स्थिर प्रसाद खनाल, श्री संस्कृत उच्च मा.वि कि प्राधानाध्यपक तारा कुमारी सुवेदी सभापतिकाे रूपमा रहनु भएको थियोे । साथै विद्यालयमा अध्यापनरत शिक्षक, शिक्षिकाहरू, स्थानीय व्यक्ति र विद्यार्थीहरूकाे महत्त्वपूर्ण उपस्थितिमा वितरण कार्य सम्पन्न भएको थियोे ।
वितरण कार्यक्रममा वडा अध्यक्ष ऋषि राम लामिछाने र प्रा.अ. सुवेदी ले इतिहासमा पहिलोपटक यसरी आफ्नो क्षेत्रमा अध्ययनरत विद्यार्थीहरूलाई पढन सहयोग पुर्याउने उदेश्यका साथ हिमालयन हव संस्थाकाे माध्यामबाट आफ्नो विद्यालयका विद्यार्थीहरूलाई सहयोग गरेकाे भन्दै खुसि व्यक्त गर्नु भएको थियाे । साथै आगामी दिनमा गाउँपालिका, वडा र विद्यालयकाे तर्फबाट साथ सहयोग र सहकार्य गरेर कार्य गर्ने प्रतिवद्वता व्यक्त गर्नु भएको थियोे ।

कार्यक्रममा बाेल्दै हिमालय हब एडभेन्चर प्रा. लिमिटेडका प्रबन्ध निर्देशक प्रकाश लामिछानेले संस्थाले गरेकाे याेगदानकाे बारेमा जानकारी गराउनु भएको थियोे । उहाँले विद्यार्थीहरूकाे व्यक्तित्व नेतृत्व विकास साथै रचनात्मक गतिविधि सञ्चालन गर्न आउदाे दिनमा पनि निरन्तर सहयाेग गर्ने वताउनु भएको थियोे ।
लामिछानेले भोलिका दिनमा पनि आफ्नो संस्थाले सहकार्य गरी गाउँ समाजलाई चाहिने सहयोग गर्नको लागि आफू तयार रहेको बताउनुभयो । साथै उक्त कार्यक्रममा भीमसेन थापा गाउँपालिका वार्ड नं ३ मा बसोबास गर्ने अति विपन्न परिवारलाई राहत प्याकेज पनि उपलब्ध गराइएको थियो
वितरण कार्य काे बिचमा वडा नं ३ मा रहेका स्थानिय क्लबहरू श्री लाेकतान्त्रिक क्लव र तान्द्राङ युवा क्लव लाई खेलकुद सामाग्रीहरू पनि वितरण गरिएकाे थियाे ।

क्याटेगोरी : bannernews, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्