पत्रकार विष्णु घिमिरे ‘कल्पित’लाई क्रियाशील पत्रकारिता पुरस्कार
काठमाडौं । प्रेस चौतारी नेपालको ललितपुर शाखाले पत्रकार विष्णु घिमिरे ‘कल्पित’लाई क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गरेको छ।
बिहीबार प्रेस चौतारी नेपाल ललितपुर शाखाको छैटौं जिल्ला अधिवेशनका क्रममा घिमिरेलाई उक्त पुरस्कार प्रदान गरिएको हो। पूर्वमन्त्री एवम नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवाली र प्रेस चौतारीका ललितपुर अध्यक्ष बाल मुकुन्द आचार्यलगायतले संयुक्त रुपमा उक्त पुरस्कार प्रदान गरेका हुन्।
तीन दशकदेखि टेलिभिजन क्यामेरा पर्सन तथा संवाददाताको रुपमा सक्रिय घिमिरेले नेपाल वान टेलिभिजनबाट सञ्चार यात्रा शुरु गरेका थिए।
२५ भन्दा बढी देशका साथै विश्वका चर्चित टेलिभिजनहरुमा काम गरेर अनुभव बटुलेका उनले बीबीसी, सिएनएन, जर्मन टिभी, अल जजिरा, च्यानल न्यूजलगायतमा स्वतन्त्र पत्रकारका रुपमा काम गरिसकेका छन्।
घिमिरेलाई प्रेस चौतारी नेपाल, ललितपुर जिल्ला समितिको छैटौं जिल्ला अधिवेशनको अवसरमा क्रियाशिल पत्रकारिता पुरस्कार प्रदान गरेको हो।
पत्रकारिता क्षेत्रमार्फत जिल्लाको पहिचान स्थापित गराएको साथै पत्रकारिताको क्षेत्रमा गरेको योगदानको उच्च सम्मान गर्दै उक्त पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #पत्रकार विष्णु घिमिरे ‘कल्पित’लाई क्रियाशील पत्रकारिता पुरस्कार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्