सामाजिक संजालको कुप्रचारबाट आजित प्रधानमन्त्री भन्छन्- अब त रिस उठ्न पनि छाड्यो
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले भ्रष्टाचार नियन्त्रण गर्ने दोहोर्याएका छन्। नेपाल बार एशोसिएशनको पहिलो युवा कानुन व्यवसायी सम्मेलनलाई सम्बोधन गर्दै आफूले थाहा पाएजति ठाउँमा भ्रष्टाचार गर्न नदिने बताए।
उनले भने, ‘भ्रष्टाचार कहाँ छ कहाँ छैन भन्ने ? कसको सम्बन्धमा कुरा गर्दा कसलाई धक्का पर्ला। यो पनि समस्या छ। त्यसैले भ्रष्टाचार नियन्त्रण गर्नेपर्छ। अहिलेको सरकारको नेतृत्व मैले गरेको छु, म भ्रष्टाचार गर्दिनँ, मैले थाहा पाएसम्म जानेबुझेसम्म भ्रष्टाचार गर्न दिन्नँ। कहाँ कहाँ भएको छ छ फेरि थाहा पाएत हो। थाहा पाएसम्म हुन दिन्न भए नियन्त्रण गर्छु। यो स्टन्टबाजीबाट होइन।’
उनले सामाजिक सञ्जालमा आफ्नो श्रीमतीको स्वीजरल्याण्डको बैंकमा ४१ करोड डलर रहेको भन्दै प्रचार गरेकोप्रति आपत्ति जनाए।
उनले भने, ‘हिजो बिहान उठेर फेशबुक खोलेको एकजना हिन्दीमा बोलिरहेको रहेछ नेपालको प्रधानमन्त्री केपी ओलीकी पत्नी राधिका शाक्यको स्वीजरल्याण्डको बैंकमा ४१ करोड डलर, यस्तो सुन्दा रिस उठ्नुपर्ने, अब त रिस उठ्न पनि छोड्यो।’
क्याटेगोरी : समाचार
ट्याग : #सामाजिक संजालको कुप्रचारबाट आजित प्रधानमन्त्री भन्छन्- अब त रिस उठ्न पनि छाड्यो
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्