व्यवसायीले भोग्नुपरेको प्रक्रियागत झन्झटलाई सरकारले अन्त्य गर्दैछ : देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले उद्यमी, व्यापारी, व्यवसायीहरूले भोग्नु परेका कानुनी तथा प्रक्रियागत झन्झटलाई अन्त्य गर्दै व्यवसायमा सहजीकरण गर्न हालसालै सरकारले कानून ल्याएको बताएका छन्।
नेपाल स्टार्टअप र साना तथा मझौला व्यवसायी विभागको सम्मेलनलाई सम्बोधन गर्दै सरकारले अध्यादेशमार्फत ल्याएको कानुनले यस क्षेत्रको सुधारमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।
उनले नपालमा युवा उद्यमीलाई आकर्षण गर्न, उनीहरूको व्यवसाय प्रवर्धन गर्न र साना तथा मझौला उद्योगी व्यापारी व्यवसायीहरूको समस्या बुझी पार्टीलाई सुझाव दिन उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभाग गठन गरेको बताए।
मुलुकको राष्ट्रिय आय अपेक्षित रूपमा वृद्धि हुन नसक्नुमा एकातिर स्वदेशी तथा विदेशी लगानीको सहज वातावरण बन्न नसक्नु र अर्कातिर विश्व बजारसँग हाम्रो निजी क्षेत्रले सहज प्रतिस्पर्धा गर्न असहज महसुस गरेको देखिएको बताए। देशको अर्थतन्त्र उत्पादन भन्दा व्यापारमुखी बन्दै गएको उनको भनाइ छ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #व्यवसायीले भोग्नुपरेको प्रक्रियागत झन्झटलाई सरकारले अन्त्य गर्दैछ : देउवा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्