कुम्भ मेलामा भागदौड हुँदा दर्जनौँको मृत्यु भएको आशंका
काठमाडौं । विश्वको सबैभन्दा ठूलो हिन्दु धार्मिक मेला तथा स्नान महाकुम्भमा भागदौड हुँदा कयौँको ज्यान गएको आशङ्का गरिएको छ ।
अमेरिकी विश्व च्यानल सीएनएनका अनुसार बुधवार भागदौड भएको हो प्रयागराज सहरको आगन्तुक छेक्ने बार भत्केपछि भागदौड भएको थियो ।
भारत सरकारले मृतकको सङ्ख्या सार्वजनिक गरेको छैन । तर स्थानीयले नदी किनारमा धेरै लास देखेको उल्लेख गरेका छन् ।
बेलायती विश्व च्यानल बीबीसीले पनि कयौँको हताहती भएको आशङ्का भएको भन्दै नदी किनारमा जुत्ता चप्पल, लुगा कपडा जथाभाबी छरिएको पाइएको उल्लेख गरेको छ ।
१० करोडले सहभागिता जनाउने बताइएको महाकुम्भ मेलालाई एआईबाट सुरक्षा मिलाएर भागदौड रोकिएको समाचारहरू आएको केहि दिनपछि नै भागदौडबाट हताहतीको खबर सार्वजनिक भएको हो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कुम्भ मेलामा भागदौड हुँदा दर्जनौँको मृत्यु भएको आशंका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्