बाहिरियो ७ अर्ब ४६ करोड रुपैयाँ जीवन बीमा कम्पनीबाट
काठमाडौं । चालू आर्थिक वर्षको छ महिनामा बीमा कम्पनीहरूबाट ७ अर्ब रुपैयाँ भन्दा बढी बाहिरिएको छ । बीमा पोलिसी सरेण्डर मार्फत चालू आवको साउनदेखि पुस मसान्तसम्म जीवन बीमा कम्पनीहरूबाट ७ अर्ब ४६ करोड ६६ लाख रुपैयाँ बाहिरिएको हो ।
नेपाल बीमा प्राधिकरणका अनुसार यस अवधिमा ५४ हजार ४१४ जना बिमितले पोलिसी सरेण्डर गरेका हुन् । यस अवधिमा लाइफ इन्स्योरेन्स कर्पोरेशन ९नेपाल० लिमिटेडको सबैभन्दा धेरै पोलिसी सरेण्डर भएको छ । यस कम्पनीको १३ हजार ९६८ वटा पोलिसी बापतको २ अर्ब ३८ करोड ५९ लाख रुपैयाँ बराबरको पोलिसी सरेण्डर भएको छ ।
सर्वाधिक पोलिसी सरेण्डर हुने कम्पनीहरूको दोस्रोमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । यस कम्पनीको १२ हजार २४१ वटा पोलिसी बापतको २ अर्ब २ करोड ३३ लाख रुपैयाँ बराबरको सरेण्डर भएको छ ।
प्राधिकरणको अनुसार चालू आवको छ महिनामा राष्ट्रिय जीवन बीमा कम्पनीको ६७ करोड ६ लाख रुपैयाँ बराबरको पोलिसी सरेण्डर हुँदा नेशनल लाइफ इन्स्योरेन्सको ४६ करोड ५१ लाख रुपैयाँको सरेण्डर भएको छ । यसका साथै मेट लाइफको १९ करोड ६६ लाख र एशियन लाइफ इन्स्योरेन्स कम्पनीको ४६ करोड ८१ लाख रुपैयाँ बराबरको पोलिसी सरेण्डर भएको छ ।
आइएमई लाइफ इन्स्योरेन्स कम्पनीबाट ९ करोड ८६ लाख रुपैयाँ बराबरको पोलिसी सरेण्डर हुँदा हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको ३३ करोड २३ लाखको भएको छ । यसका साथै सुर्यज्योती लाइफ इन्स्योरेन्स कम्पनीको ३८ करोड ९४ लाख, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको १३ करोड १२ लाख र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको ११ करोड ५८ लाख बराबरको पोलिसी सरेण्डर भएको छ ।
त्यस्तै, यस अवधिमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको ९ करोड ८२ बराबरको सरेण्डर भएको छ । यस अवधिमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ५ करोड ५६ लाख र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ३ करोड ५२ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर भएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #बाहिरियो ७ अर्ब ४६ करोड रुपैयाँ जीवन बीमा कम्पनीबाट
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्