लागुऔषध सहित मेडिकल संचालक पक्राउ
धरान, माघ १५ गते। धरान उप–महानगरपालिकाबाट मेडिकल संचालकलाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको छ ।
मेडिकल संचालक धरान–३ गौधाराका ४१ वर्षीय सुरज वनेम र ४२ वर्षीया टिम्पल श्रेष्ठलाई सोमबार राति मेडिकल पसलमा लागुऔषध बिक्री गरेको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोली पक्राउ गरेको हो।
पसलमा खानतलासी गर्दा कार्टुनमा लुकाएर राखेको अवस्थामा नियन्त्रित औषधी ट्रामोल दुई हजार क्याप्सुल र स्पास्पेन सात हजार ९ सय ३० ट्याब्लेटसहित दम्पत्तिलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सुनसरी, धरानका प्रहरी नायब उपरीक्षक प्रकाश जबेगुले जानकारी दिनुभयो ।
यसैगरी धरान–८ का ३१ वर्षीय सन्तोष परियार र श्रीमती २० वर्षीया अनुष्का श्रेष्ठले लागूऔषधको कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले भान्सा कोठाबाट नियन्त्रित औषधी ट्रामोल ५ सय ३२ क्याप्सुल र स्पास्पेन ५ सय २८ ट्याब्लेटसहित नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो।
केही महिना अघि पनि प्रहरीले मेडिकलबाट अवैध लागूऔषध कारोबार भइरहेको सूचनाका आधारमा धरान ८ को २ वटा मेडिकलमा अनुसन्धान गरी मुद्दा चलाएको थियो।
क्याटेगोरी : समाचार
ट्याग : #लागुऔषध सहित मेडिकल संचालक पक्राउ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्