संसदलाई प्रभावकारी बनाउन सत्तापक्ष गम्भीर : प्रमुख सचेतक बर्तौला
काठमाडौं, माघ १५ गते । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले संसद्लाई प्रभावकारी बनाउन सत्तापक्ष गम्भीर रहेको बताउनुभएको छ ।
मङ्गलबार सिंहदरबारमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले बैठकले संसद् सञ्चालनको मिति हेरफेर गरिएको जानकारी दिनुभयो ।
प्रमुख सचेतक बर्तौलाले अहिलेको सरकारले संसद्लाई बिजनेस दिने र संसदबाट कानुन निर्माण गर्ने कुरामा तीव्रता दिने बताउनुभयो । संसद्लाई प्रभावकारी बनाउने कुरामा सत्तापक्ष अलि बढी जिम्मेवार हुनुपर्ने कुरा प्रतिपक्षले राखेको र त्यो स्वाभाविक रहेको औंल्याउनुभयो ।
‘‘संसद्को बैठकका मितिहरु हेरफेर गरिएका छन् । कार्यसूची त लगभग त्यही नै भयो । २४ गते अध्यादेशहरु संसदमा पेश हुनेछन् । २५मा पनि बैठक हुनेछ । २७, २८, २९ गते बैठक हुनेछ ।,’’ उहाँले भन्नुभयो, ‘‘संसद्लाई प्रभावकारी बनाउने कुरामा सत्तापक्ष अलि बढी जिम्मेवार हुनुपर्छ । पार्ल्यामेण्ट्री कमिटीहरुको बैठकमा कोरम पुर्याउने सन्दर्भमा कुरा उठाउनुभयो । संसद् र संसदीय समितिमा सत्तापक्ष महत्त्वपूर्ण हुन्छ । बढी जवाफदेही रुपमा भूमिका निर्वाह गर्नुपर्छ ।’’
क्याटेगोरी : समाचार
ट्याग : #संसदलाई प्रभावकारी बनाउन सत्तापक्ष गम्भीर : प्रमुख सचेतक बर्तौला
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्