यात्रीवाहक बसमा एक पुरुषको शव फेला
ढल्केबर, माघ १५ गते । काठमाडौंबाट जनकपुरतर्फ आउँदै गरेको यात्रीवाहक बसमा एक जना पुरुषको शव फेला परेको छ ।मङ्गलबार बिहान मधेश प्र ०४ ००१ ख ०१५७ नम्बरको बसमा एक भारतीय नागरिकको शव फेला परेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय ढल्केबर धनुषाका प्रहरी निरीक्षक जटाशङ्कर यादवले मृतक भारतको मधुवनी जिल्ला सिम्रीटोल निवासी अन्दाजी ७० वर्षीय जगदीश यादव रहेको बताउनुभयो ।
उहाँका अनुसार बस लालगढमा यात्रीहरु शौचालयका लागि ओर्लिएको समयमा यादवलाई मृत अवस्थामा भेटिएको थियो । उहाँ सोमबार साँझ काठमाडौंबाट जटहीका लागि बसमा चढ्नुभएको थियो ।
तत्काल मृत्युको कारण हालसम्म खुल्न नसकेको बताउँदै प्रहरी निरीक्षक यादवले शव परीक्षणपछि मात्रै मृत्युको वास्तविक कारण थाहा हुने जानकारी दिनुभयो ।
बसलाई हाल इलाका प्रहरी कार्यालय ढल्केबरले नियन्त्रणमा लिएको छ । यस विषयमा थप अनुसन्धान जारी रहेको उहाँले बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #यात्रीवाहक बसमा एक पुरुषको शव फेला
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्