ज्वत्साना साउदबाट त्रिभुवन विश्वविद्यालयका विद्यार्थीलाई राहत वितरण
काठमाडौं । हिन्दु महासंघकी केन्द्रीय महासचिव तथा समाजसेवी ज्वत्साना साउदले त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा अध्ययनरत ७० जनाभन्दा बढी विद्यार्थीलाई राहत स्वरुप खाद्यान्न वितरण गरेकी छिन् ।
साउदले बाजुरासहित वरपरका दुर्गमा जिल्लाबाट कीर्तिपुर आएर पढ्दै गरेका विद्यार्थीलाई दैनिक जीवन धान्न समस्या परेकाले राहत उपलव्ध गराइएको बताइन् ।
\विश्वविद्यालयका नेपाल विद्यार्थी संघ (नेविसंघ) का अध्यक्ष श्यामचन्द्र अधिकारीले विद्यार्थीहरुलाई समस्या पर्दै गरेका बेला साउदको सहयोग उदाहरणीय भएको बताए । अधिकारीले विद्यार्थीको सहयोगका लागि अन्य संघसंस्थासँग पनि समन्वय गरिने र राहतका कार्यक्रम सञ्चालन गरिने योजना रहेको जनाएका छन् ।

साउदले विश्वविद्यालयमा अध्ययनरत ५० जना भन्दा बढी विद्यार्थीलाई ५ केजी , चामल, १ प्याकेट तेल, १ केजी नुन, १ केजी दाल, आलु, बिस्कुटलगायतका सामग्री उपलव्ध गराएकी हुन् । साउदको पहलमा होस्टे हैंसे एण्ड ग्लोबल कम्प्याक्ट नेपालले सहयोग सामग्री उपलव्ध गराएको थियो ।
त्यसैगरी कीर्तिपुरकै छात्रावासमा रहेका २० जनालाई पनि सोही परिणाममा राहत वितरण गरिएको नेविसंघकी पूर्व केन्द्रीय सदस्य सम्झना केसीले बताइन् ।
युवा व्यवसायी साहिल सिंह र नेतृ केसीले पनि यो राहत वितरणमा समन्वय गरेका थिए । नेविसंघकी पूर्व केन्द्रीय सदस्य सम्झना खत्रीले खाद्य सामग्रीको अभावमा विद्यार्थीहरु संकटमा परेको अवस्थामा समाजसेवी साउदले गरेको सहयोग स्मरणीय रहेको बताइन् ।
क्याटेगोरी : समाचार
ट्याग : #त्रिभुवन विश्वविद्यालयका विद्यार्थीलाई राहत वितरण
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्