ताप्लेजुङको आन्दोलनबारे छलफल गर्न गृहमन्त्रीले ४ जिल्लाका सांसदलाई बोलाए
काठमाडौं । पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा भइरहेको आन्दोलनको विषयमा पूर्वी पहाडका सांसदहरूसँग गृहमन्त्री रमेश लेखकले छलफल गर्ने भएका छन् ।
लेखकले ताप्लेजुङ, पाँचथर, तेह्रथुम र इलामका प्रतिनिधिसभा सदस्यहरूलाई छलफल गर्न लागेका हुन् । इलाम २ का सांसद सुहाङ नेम्वाङले अपरान्ह ५ बजे गृहमन्त्रालय बोलाइएको जानकारी दिए ।
शनिबार केबलकार निर्माणको विरोधमा उत्रिएका पहिचान पक्षधरहरूको समूह र सुरक्षाकर्मीबीच झडप भएको थियो । सोक्रममा केही प्रदर्शनकारीलाई गोली लागेको थियो ।
आन्दोलनरत पक्षसँग वार्ता एवं स्थिति थप तनाव हुन नदिन सरकारको तर्फबाट पहलस्वरूप गृहमन्त्रीले छलफल गर्न लागेका हुन् ।
क्याटेगोरी : समाचार
ट्याग : #ताप्लेजुङको आन्दोलनबारे छलफल गर्न गृहमन्त्रीले ४ जिल्लाका सांसदलाई बोलाए
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्