अमर सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण
काठमाडौँ, माघ १५ गते । सहिद सप्ताहअन्तर्गत सहिद गङ्गालाल श्रेष्ठ र दशरथ चन्दप्रति आज भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ ।
उहाँहरुले अमरत्व प्राप्त गरेको शोभाभगवतीमा काठमाडौँ महानगरपालिकाले श्रद्धाञ्जली सभा आयोजना गरेको थियो । सभामा श्रेष्ठ र चन्दको सालिकमा पुष्पगुच्छा चढाएर श्रद्धाञ्जली अर्पण गरिएको हो । तत्कालीन जहानियाँ राणा शासनविरुद्ध विभिन्न राजनीतिक गतिविधि सञ्चालन गरेको अभियोगमा विसं १९९७ माघ १५ गते सोही स्थानमा श्रेष्ठ र चन्दलाई मृत्युदण्ड दिइएको थियो ।
काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले सहिदले देखाएको निष्ठा र त्यागको आदर्श अनुकरणीय रहेकाले त्यसलाई सबैले अवलम्बन गर्नुपर्ने बताउनुभयो ।
काठमाडौँ महानगरपालिका–१५ का वडाध्यक्ष ईश्वरमान डङ्गोलले मुलुकमा प्रजातान्त्रिक पद्धति विकास गर्न सहिदको त्याग नयाँपुस्ताका लागि प्रेरणादायी भएको बताउँदै जनतालाई सुखी तथा समृद्ध बनाउन सकेमा मात्र सहिदको सपना पूरा हुने बताउनुभयो ।
काठमाडौँ महानगरपालिका–१६ का वडाध्यक्ष रोजिना श्रेष्ठले देशमा जनताका अधिकारलाई स्थापित गरी मुलुकलाई लोकतान्त्रिक शासन प्रणालीबाट सञ्चालन गर्न सकेमा सहिदको आत्माले शान्ति पाउने विचार व्यक्त गर्नुभयो ।
सो अवसरमा महानगरपालिकाका विभिन्न कर्मचारी, स्थानीयवासी, समाजसेवी, शिक्षाविद्लगायतको सहभागिता थियो । हरेक वर्ष माघ १० देखि १६ गतेसम्म सहिद सप्ताह मनाउने गरिन्छ ।
क्याटेगोरी : विशेष, समाचार
ट्याग : #अमर सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्