सिल्भरलाइन अस्पतालबाट ६ दिनपछि डिस्चार्ज भए क्रिकेटर सन्दीप लामिछाने
काठमाडौं । हर्नियाको शल्यक्रिया गराएका क्रिकेटर सन्दीप लामिछाने अस्पतालबाट डिस्चार्ज भएका छन् । सिल्भर लाइन अस्पतालले आज उनलाई घर पठाएको हो ।
सन्दीपले गत ९ गते सो अस्पतालमा हर्नियाको शल्यक्रिया गराएर स्वास्थ्यलाभ गरिरहेका थिए । हाल उनको अवस्था सुधारोन्मुख रहेको अस्पतालका प्रवन्धक डा। अभिषेकराज सिंहले बताए । यही गतिमा रिकभर भएमा सन्दीप दुई–तीन हप्ता पछि नै मैदान फर्किन सक्ने उनको भनाइ छ ।
सिल्भरलाइन अस्पतालमा शल्यचिकित्सक डा। दिपक शर्मा नेतृत्वको टोलीले सन्दीपको शल्यक्रिया गरेको थियो । सन्दीप करिब ४ वर्षदेखि हर्नियाको समस्याबाट पीडित भइरहेका थिए । बीचमा मुद्दा मामिला र खेलको व्यस्तताले उनले शल्यक्रिया गराउन भ्याएका थिएनन् । अहिले खाली समय पारेर उनले शल्यक्रिया गरेका हुन् ।
अस्पतालले विज्ञप्ति जारी गर्दै सन्दीपलाई शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ । आज डिस्चार्ज हुने क्रममा नेपाल क्रिकेट संघ ९क्यान०का उपाध्यक्ष रोशन सिंह अस्पतालमा पुगेका थिए ।

क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #६ दिनपछि अस्पतालबाट डिस्चार्ज भए क्रिकेटर सन्दीप लामिछाने
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्