रविको मुद्दामा थुनछेक बहस सकियो, आदेशको तयारी
रूपन्देही । रवि लामछानेको मुद्दामा रूपन्देही जिल्ला अदालतमा थुनछेक बहसपछि सरकारी वकिलको जवाफी बहस सकिएको छ ।
वादी प्रतिवादी दुवैतर्फको बहस सकिसकेकाले आजै आदेशको तयारी भएको छ ।
अदालतका श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले जवाफी बहस सकिएसँगै न्यायाधीश आदेशकाे तयारीमा रहेकाे नेपाल प्रेसलाई बताए ।
रविको तर्फबाट आज वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, पशुपति भण्डारी, नारायण कंडेलले बहस गरे ।सहकारी ठगी र संगठित अपराधको अभियोग लागेका रास्वपा सभापति एवं पूर्वगृहमन्त्री लामिछाने मुद्दाको प्रतिवाद गर्न आज चौथो दिन पनि अदालतमा उपस्थित थिए ।
रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा मुद्दा परेपछि उनले सोही दिन बयान दिएर परिवार र वकिलको जिम्माजमानीमा बस्दै आएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #आदेशको तयारी, #रविको मुद्दामा थुनछेक बहस सकियो
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्