हुलाक सेवा लोकतान्त्रिक र आधुनिक बनाउन लागेको छु : मन्त्री गुरुङ
काठमाडौँ, माघ १३ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले हुलाक सेवालाई लोकतान्त्रिक र आधुनिक बनाउन मन्त्रालय सक्रिय रहेको बताउनु भएको छ ।
पञ्चायतकालदेखिको नीति टेकेर सञ्चालन हुँदै आएको हुलाकको नीति परिवर्तन गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले यो वर्षभित्र पुराना सबै नीति र ऐन संशोधन गरेर समायानुकूल बनाउने कार्यमा आफू गम्भीरताका साथ लागेको सुनाउनु भयो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आइतबार हुलाक विभागले आयोजना गरेको ‘एक स्थानीय तह एक हुलाक’ कार्यालय स्थापना घोषणा कार्यक्रमको उद्घाटन गर्दै उहाँले मुलुक रुपान्तरणसँगै नीति र विधि फेरिन नसक्दा विकास ओझेलमा परेको धारणा राख्नुभयो ।
उहाँले नेपालमा विभिन्न समयमा भएका शान्तिपुर्ण क्रान्तिले राजनीतिक विकास भएको बताउदैँ संरचनागत क्रान्तीमा सुधार ल्याउनतिर हालसम्म कसैको ध्यान नगएको गुनासो गर्नुभयो । उहाँका अनुसार हुलाक सेवा निकै पुरानो र महत्वपूर्ण सेवा भएको र यसलाई आधुनिकरण गर्न प्रविधि मैत्री बनाउन जरुरी रहेको सुनाउनु भयो । “अब हुलाकको नीति परिवर्तन हुन्छ,” मन्त्री गुरुङले भन्नुभयो,“साथै हुलाकलाई प्रविधि मैत्री बनाउने विषयमा हाम्रो मन्त्रालय सधैँ संवेदनशील छ ।”
कार्यक्रममा मन्त्री गुरुङले हुलाक सेवा विभागलाई निर्देशन दिँदै डिल्लीबजारस्थित गोश्वारा हुलाक कार्यालयबाट सुधारको कार्य थालनी गर्नुपर्ने बताउनुभयो ।
त्यस्तै, कार्यक्रममा स्थानीय तहका सबै हुलाक कार्यालयका कर्मचारी सहभागी थिए । यी सबैमाझ मन्त्री गुरुङले हुलाक जनसेवामुखी बनाउन आग्रह समेत गर्नुभयो । “हुलाक सेवाको प्रभावकारिता सुरुवात केन्द्रबाट गोश्वारा हुलाक कार्यालयबाट सुरु गर्नुहोस्, अरु स्थानीय तहका हुलाक कर्मचारीले आ–आफ्नो क्षेत्रमा सेवा प्रभावित बनाउनुहोस्”, मन्त्री गुरुङले भन्नुभयो,“मन्त्रालयबाट नेतृत्व लिएर तपाईहरुको काममा साथ दिन हरदम तयार छु ।”
कार्यक्रममा मन्त्री गुरुङ, निमित्त सचिव (सहसचिव) गजेन्द्रकुमार ठाकुरका अनुसार हुलाक सेवाले सीमित श्रोत र साधन प्रयोग गरेर अधिकतम उद्देश्य पूरा गर्न गर्दै आएको बताउनु भयो । साथै मन्त्री गुरुङको स्प्रीड अनुकूल हुलाक सेवालाई आधुनिकिकरण गर्न मन्त्रालयमा गृहकार्य भइरहेको बताउनुभयो ।
हुलाक विभागका महानिर्देशक मनमाया भट्टराई पंगेनीले गोश्वारा हुलाक कार्यालयको अवस्था सुनाउँदै स्थानीय तहका हुलाक कार्यालयको सुधारका चुनौती र कार्य योजना मन्त्रीसमक्ष जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #हुलाक सेवा लोकतान्त्रिक र आधुनिक बनाउन लागेको छु : मन्त्री गुरुङ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्