बैङ्क चोरी गर्ने युवा पक्राउ
तुलसीपुर, माघ १३ गते । तुलसीपुरमा रहेको एनएमबी बैङ्कको शाखामा चोरी गर्न गएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। आइतबार बिहान दुई बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ क लाइनमा रहेको बैङ्कमा चोरी भइरहेको सूचना पाएपछि प्रहरी पुगेको थियो ।
इलाका प्रहरी कार्यालय प्रहरी प्रवक्ता प्रहरी निरीक्षक विनोदराज खत्रीको नेतृत्वमा पुगेको टोलीले उनलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार तुलसीपुर १८ दुधरास का २७ वर्षका सन्तोष चौधरी बैङ्कको च्यानल गेटको ताला तोडेर भित्र प्रवेश गरेकै अवस्थामा पक्राउ गरिएको हो । सोही क्रममा उनलाई प्रहरी निरीक्षक खत्रीको नेतृत्वमा खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।
चौधरीको साथबाट हतौडा, छिना, प्लास, ह्याक्सा ब्लेड लगायतका चोरी गर्न प्रयोग भएका सामग्रीहरू बरामद गरिएको छ। साथै निज चौधरी सवार रा ५ प ९७९ नम्बरको स्कुटर समेत प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #बैङ्क चोरी गर्ने युवा पक्राउ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्