ठाकुरले गरे श्रीमतीको हत्या
ढल्केबर, माघ १३ गते । धनुषामा श्रीमानले लाठी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । शनिवार राति २ बजे नगरपालिका–५, पर्वताका ३३ वर्षीय देवलाल ठाकुरले २७ वर्षीया श्रीमती सङ्गीता ठाकुरलाई लाठी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
देवलालले श्रीमतीसँग घरभित्र विवाद भएपछि आवेशमा आएर लौरो प्रहार गरेको बताइएको छ । इलाका प्रहरी कार्यालय धनुषा धामका अनुसार सङ्गीताको गम्भीर चोटका कारण घटनास्थलमै मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
घटनास्थलमा पुगेको प्रहरी टोलीले आरोपित देवलाललाई नियन्त्रणमा लिएको छ । शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ भने घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #ठाकुरले गरे श्रीमतीको हत्या
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्