एमालेले जितेका वडाको सर्भर ‘डीएक्टिभ’ गरेको भन्दै इटहरी उपमहानगरको प्रशासन शाखामा ताला
विराटनगर । इटहरी उपमहानगर पालिकाको प्रशासन शाखामा तालाबन्दी भएको छ । एमालेबाट वडाध्यक्ष निर्वाचित भएका वडा कार्यालयहरूको सर्भर बन्द गरेको भन्दै उपप्रमुख सङ्गीता चौधरी लगायतको टोलीले प्रशासन शाखामा ताला लगाएको हो।
आफूहरूलाई कुनै जानकारी नदिई वडा कार्यालयको सर्भर बन्द गरेर जनतालाई दुस्ख दिएको भन्दै चौधरी सहितको टोलीले प्रशासन शाखामा ताला लगाएको हो ।
इटहरी उपमहानगर पालिकाका प्रशासन शाखा प्रमुख सञ्जीव खड्काले मेयर हेमकर्ण पौडेलको निर्देशनमा सर्भर बन्द गरेको उपमेयर चौधरीले आरोप लगाइन् । सरुवा गरिएका कर्मचारीलाई दबाब दिन सर्भर ‘डिएक्टिभ’ गरेको चौधरीको आरोप छ ।
केही दिन अघि उप महानगरले कार्यालयको ‘आन्तरिक’ सरुवा गरेको थियो ।आन्तरिक सरुवाको विरोध गरेका कर्मचारीहरूलाई दबाब दिन प्रशासन शाखा प्रमुखले सर्भर डाउन गर्न लगाएको आरोप उपप्रमुख चौधरीले लगाएकी छिन् ।
उनले भनिन् – कर्मचारीहरूलाई बद्नियतपूर्ण तरिकाले सरुवा गरेको र पत्रअनुसार वडामा हाजिर नभएका कर्मचारीहरूले चलाउने आइडी पासवर्ड डीएक्टिभ गरिएको छ । यसले सेवाग्राहीलाई समस्या भयो । इटहरीमा रहेका २० मध्ये इटहरीका १५ वडामा एमालेले वडाध्यक्ष जितेको छ ।
एमालेले जितेको वडाहरूमा मात्र सरुवा गरिएको र जनताको काम रोकिने गरी सर्भर डाउन गरेर खड्काले कर्मचारीहरूलाई दबाब दिएको एमालेका जनप्रतिनिधिको आरोप छ ।
कार्यपालिका बैठकमा चौधरीले कसको निर्देशनमा चल्दै हुनुहुन्छ भनेर प्रश्न समेत गरेकी थिइन् । ‘यहाँबाट निस्किहाल्नुस्, तपाईँको काम छैन, कर्मचारी भएर काँग्रेसको राजनीति गर्नुहुन्छ रु एमाले निर्वाचित वडाहरूलाई मात्र किन चलाएको रु तपाईँको प्राइभेट कम्पनी हो’, उनले भनिन् ।
पछिल्लो समय कार्यपालिका बैठकमा एमालेबाट निर्वाचित वडाध्यक्षहरूले मेयर हेमकर्ण पौडेलको ‘कर्मचारी थप्ने’ प्रस्तावलाई अस्वीकार गरेका थिए ।
त्यसैलाई काउन्टर दिन पौडेलकै निर्देशनमा वडा कार्यालयका कर्मचारीहरूलाई बदनियत पूर्वक सरुवा गरेर वडाध्यक्षहरूलाई दबाब दिन खोजेको एमालेले आरोप लगाएको छ ।
मेयर पौडेलको इशारामा प्रशासन शाखा प्रमुख रहेका खड्काले एमालेबाट निर्वाचित भएको वडाहरूमा बारम्बार असहयोग गर्दै आएको आरोप एमालेले लगाउँदै आएको छ ।
वडाको कामहरूलाई प्रभावित पार्ने गरी अनावश्यक कर्मचारी चलाएको आरोप कार्यपालिका सदस्य प्रमोद शेर्पा, वडाध्यक्षहरू जितेन थापा, उमेश सुवेदीलगायत खड्कामाथि लगाउँदै आएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #एमालेले जितेका वडाको सर्भर ‘डीएक्टिभ’ गरेको भन्दै इटहरी उपमहानगरको प्रशासन शाखामा ताला
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्