अछाममा बेपत्ता दुई किशोरीको शव फेला
कैलाली । अछाममा शुक्रवारदेखि बेपत्ता भएका दुई किशोरी मृत फेला परेका छन्।
जिल्लाको ढकारी गाउँपालिका वडा नम्बर ८ का दुई किशोरी सरस्वती खड्का र ईश्वरी खड्काको शव ढकारी गाउँपालिका वडा नम्बर १ मा रहेको छिन्ने जङ्गलमा फेला परेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वरी भण्डारीले जानकारी दिए ।
बाख्रा हेर्न जङ्गल गएका दुई किशोरी घर नफर्किएपछि उनीहरूको खोजी सुरु भएको थियो । खोजीका क्रममा उनीहरूको शव फेला परेको हो ।
अलग अलग स्थानमा किशोरीको शव फेला भन्दै डिएसपी भण्डारीले घटनाबारे प्रहरी अनुसन्धान भइरहेको जानकारी दिए ।
‘घटनास्थलमा प्रमुख जिल्ला अधिकारीसहित हामीहरू पुगिसकेका छौँ ’ उनले भने, ‘हामी अनुसन्धान गरिरहेका छौँ अहिल्यै कसरी घटना भयो भन्न सकिने अवस्था छैन ।’
तालिम प्राप्त कुकुरको उद्धतमा घटनाको अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #अछाममा बेपत्ता दुई किशोरीको शव फेला
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्