प्रचण्डको दाबी- महाभियोगको चेतावनीपछि मात्रै राष्ट्रपतिले सरकार गठन आह्वान गर्न बाध्य हुनुभयो
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस र एमालेले राष्ट्रपति रामचन्द्र पौडेललाई सरकार गठनको बेलामा संविधानको धारा ७६ ९२० अनुसार सरकार गठन आह्वान नभए महाभियोग लगाउने चेतावनीपछि बाध्य भएको दाबी गरेका छन्।
दाङको तुलसीपुरमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उनले आफूलाई राष्ट्रपति स्वम्ले नभनेको भएपछि कांग्रेस एमालेकै नेताहरुले भनेको सुनेको दाबी गरे। उनले ओली सरकार असंवैधानिक भएको दोहोर्याए।
उनले भने, ‘मैले विश्वासको मत पाउदिन भन्ने त प्रष्टै थियो। तर, मैले प्रधानमन्त्री हुँदै राष्ट्रपतिलाई संविधानको रक्षा गर्ने तपाईंले नै हो भनेको थिए। उहाँले गर्ने विश्वास दिनुभएको हो। अहिलेको राष्ट्रपति बनेकै मेरै कारणले, माओवादी केन्द्रकै कारणले रामचन्द्र पौडेल राष्ट्रपति बन्नु भएको हो।’
उनले माओवादी नभएको भए पौडेल राष्ट्रपति बन्नसक्ने अवस्था नै नरहेको बताए।
उनले थपे, ‘उहाँले ढुक्क रहनुस् म संविधान मिच्न दिन्न भन्नु भएको थियो मलाई। तर, कांग्रेस र एमालेकै नेताहरुले भनेको मैले सुनेको, राष्ट्रपतिजीले भनेको होइन। कांग्रेस र एमालेले संविधान मिच्न चाहनु भएन। नचाहेपछि एमाले नेतृत्वको सरकार बन्ने भएन। त्यो गठबन्धन बन्ने भएन। मैले सुनेको, कांग्रेस एमालेका नेताहरुले भनेको, उहाँहरुले हामीले भनेअनुसार भएन भने ७६ ९२० अनुसार नै जानुभयो भने तपाईंलाई महाभियोगको लगाएर निकाल्छौं भनेपछि धर्मसंकटमा पर्नुभयो। कतिसम्म ठूलो चलखेल भएको छ संविधान मिच्नको लागि।’
क्याटेगोरी : समाचार
ट्याग : #प्रचण्डको दाबी- महाभियोगको चेतावनीपछि मात्रै राष्ट्रपतिले सरकार गठन आह्वान गर्न बाध्य हुनुभयो
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्