बालयौन दुरुपयोग गरेको आरोपमा शिक्षक पक्राउ
स्याङ्जा, माघ ११ गते । विद्यालयको कोठामा बालयौन दुरुपयोग गरेको आरोपमा प्रहरीले एक जना शिक्षकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाणगङ्गा वडा नं – ५, कपिलवस्तु, लुम्बिनीका ३१ वर्षीय नरेश चौधरी रहेको प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिनुभयो ।
गत पुस २६ गते किशोरीलाई विद्यालयको कोठामा करणी गर्ने मनसायले बालयौन दुरुपयोग गरेको हुँदा क्षतिपूर्तिसमेत दिलाई भराई पाउँ भन्ने जाहेरीका आधारमा चौधरीलाई माघ १० गते चितवनबाट पक्राउ गरिएको डीएसपी पौडेलले बताउनुभयो ।
ट्युसन पठाउन बोलाई कक्षाकोठामा बालयौन दुरुपयोग गरेको आरोप चौधरीलाई लगाइएको छ ।
पक्राउ परेका चौधरीमाथि बालयौन दुरुपयोगसम्बन्धी मुद्दामा स्याङ्जा अदालतबाट म्याद थप अनुमति लिएर आवश्यक अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #बालयौन दुरुपयोग गरेको आरोपमा शिक्षक पक्राउ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्