जनताको चाहना पूरा गर्न अध्यादेश : अर्थमन्त्री पौडेल
तानसेन, माघ ११ गते । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जनताको विकास र समृद्धिको चाहनालाई पूरा गर्न सरकारले अध्यादेश ल्याएको उल्लेख गर्नुभएको छ । शुक्रबार बगनासकाली गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन कार्यक्रममा बोल्नुहुँदै मन्त्री पौडेलले सो कुरा बताउनुभएको हो ।
अध्यादेशले जनताको चाहना अनुसार विकास निर्माण र समृद्धि हासिल गर्न सहयोग पुग्ने विश्वास उहाँले गर्नुभयो । मन्त्री पौडेलले भन्नुभयो, ‘‘जनतामा विकास र समृद्धि चाहना तीव्र होस् भन्ने छ, त्यसलाई पूरा गर्न सरकारले अध्यादेशमार्फत २९ वटा कानुनको संशोधन गरेको हो ।’’ उक्त अध्यादेशले सरकारले सुशासन र सेवा प्रवाहलाई प्रभावकारी बनाउन र विकास निर्माणलाईसमेत प्रभावकारी सक्ने उहाँले उल्लेख गर्नुभयो ।
मन्त्री पौडेलले शिक्षकको निवृत्तिभरणसम्बन्धी विषयमा बाहिर आएको विषयमा सत्यता नरहेको बताउनुहुँदै त्यसबाट मुक्त हुन शिक्षकहरूलाई आग्रह गर्नुभयो । उहाँले निवृत्तिभरणसम्बन्धी व्यवस्था कानुन पारित भएपछि मात्र कार्यान्वयन हुने भएकाले वि.स. २०७५ सालदेखि कानुन लागू हुने भन्ने विषय भ्रमपूर्ण रहेको उल्लेख गर्नुभयो ।
मन्त्री पौडेलले पाल्पालाई लुम्बिनी प्रदेशकै पर्यटकीय स्थलको रुपमा विकास गरेर समृद्धिको चाहना पूरा गर्न सकिने विचार राख्नुभयो । उहाँले लुम्बिनीमा आउने पर्यटकलाई पाल्पासम्म ल्याइ आराम गर्ने ‘हिल स्टेसन’का रुपमा विकास गर्न सकिने बताउनुभयो । त्यसका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारले आ–आफ्नो क्षेत्रबाट पहल गर्न आवश्यक रहेकोमा अर्थमन्त्री पौडेलले जोड दिनुभयो ।
मन्त्री पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली पाल्पा आएर पाल्पाली जनतालाई सम्बोधन गर्ने चाहना भए पनि स्वास्थ्य अवस्थाका कारण उहाँ प्रत्यक्ष सहभागी हुन नसकेको जानकारी दिनुभयो । उहाँले आगामी दिनमा उपयुक्त समय मिलाएर प्रधानमन्त्री ओली पाल्पामा आउनुहुने जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #जनताको चाहना पूरा गर्न अध्यादेश : अर्थमन्त्री पौडेल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्