देशको आर्थिक अवस्था सुधार गर्न सबै दल मिल्नुपर्छ : प्रचण्ड
नेपालगन्ज, माघ ११ गते । पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको आर्थिक अवस्थामा सुधारका लागि सबै दलले मिलेर साझा योजनाका साथ अगाडि बढ्नुपर्ने सुझाव दिनुभएको छ ।
नेपालगन्ज उद्योग वाणिज्य सङ्घको आयोजनामा नेपालगन्जमा सञ्चालित प्रादेशिक महोत्सव २०८१ को उद्घाटन गर्नुहुँदै प्रचण्डले सो बताउनुभएको हो । उद्योग, व्यापार, कृषि, पर्यटन, जडीबुटी, रोजगार, सूचना प्रविधि र पर्यटन, व्यावसायिक उद्यमशाला तथा कला संस्कृतिको प्रवर्धन भन्ने मूल नाराका साथ सुरु भएको प्रादेशिक महोत्सव–२०८१ को उहाँले म्याष्ट्रिक ६०० मोडलको ड्रोनबाट नेपालको झण्डा फहराएर पुष्पवृष्टि गर्दै मोबाइल एपबाट पानसमा बत्ती बालेर उद्घाटन गर्नुभयो ।
अध्यक्ष प्रचण्डले आर्थिक क्षेत्रका समस्याहरु बढ्दै गएको जनाउँदै त्यसका लागि उद्योगी व्यवसायीहरुद्वारा चिन्ता गरिनु स्वाभाविक रहेको पनि बताउनुभयो । सबैले मिलेर गम्भीर चिन्तनका साथ अगाडि बढ्ने हो भने अझै पनि देशको आर्थिक अवस्थालाई धेरै माथि उकास्न सकिने सम्भावना कायमै रहेको उहाँको भनाइ थियो ।
पूर्व प्रधानमन्त्रीले थप्नुभयो, ूदेशमा केही पनि भएको छैन, सबै खत्तम भयो भन्ने भाष्य बनाउन आवश्यक छैन, धेरै कामहरु भएका छन् र अझै पनि सबैले मिलेर अगाडि बढ्ने हो भने देशलाई समृद्ध बनाउन सकिन्छ ।ू
आर्थिक विकास र आर्थिक क्षेत्रलाई चलायमान बनाउन यस्ता महोत्सवहरुले निकै सहयोगी भूमिका निर्वाह गर्दै आएको अध्यक्ष प्रचण्डले बताउनुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घ लुम्बिनी प्रदेशका देवेन्द्र पाण्डेले आर्थिक मन्दीका बेला आयोजना गरिने मेला महोत्सवबाट उद्योगी व्यवसायीलाई राहत मिल्ने गरेको बताउनुभयो ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्यहरु किशोरसिंह राठौर र दीपा शर्माले देशको आर्थिक अवस्थामा सुधार ल्याउन हालै ल्याइएको अध्यादेशले ठुलो सहयोग गर्ने बताउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य अब्दुल वाहिद मन्सुरी, नेपालगन्ज उपमहानगरका मेयर प्रशान्त विष्ट, नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष टङ्कबहादुर धामी, महासचिव भीमबहादुर रानाभाट लगायतले बाँके बर्दियालाई कर्णाली प्रदेशमा गाभ्ने माग गर्दै प्रादेशिक संरचनामा जाँदा बाँके र बर्दियालाई बेवास्ता गरिएको आरोप लगाउनुभयो ।
माघ २२ गतेसम्म सञ्चालन हुने सो महोत्सवमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा उत्पादित खाद्य वस्तु र जडीबुटी, कृषि, पर्यटन, अटो मोबाइल्स, सूचना तथा विज्ञान प्रविधिसम्बन्धी ३० वटासमेत गरी ३५० वटा स्टल छन् ।
महोत्सवमा हरेक दिन ख्यातिप्राप्त राष्ट्रिय कलाकार तथा स्थानीय कलाकारको गीत, नृत्य, लाइभ दोहोरी र हास्यव्यङ्गसहितको सांस्कृतिक प्रस्तुति हुनेछ भने एकल नृत्य प्रतियोगितासम्बन्धी अन्तरविद्यालय नृत्य तारा–२०८१ पनि हुने आयोजकले जनाएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #देशको आर्थिक अवस्था सुधार गर्न सबै दल मिल्नुपर्छ : प्रचण्ड
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्