विद्यालयको गेट खस्दा विद्यार्थीको मृत्यु
धनगढी, माघ ११ गते । कैलालीमा विद्यालयको गेट खस्दा टाउकोमा चोट लागेर विद्यार्थीको मृत्यु भएको छ ।
कैलारी गाउँपालिका–९ गदरियास्थित जनता माध्यमिक विद्यालयको मुख्य गेट एक्कासि खस्दा सोही ठाउँका करिब ८ वर्षीय प्रवेश रानाको ज्यान गएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । त्यस्तै, वर्ष ८ का समीर चौधरी घाइते भएका छन् । टाउकोमा चोट लागेका समीरको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको छ ।
बच्चाहरू विद्यालयको ग्राउन्डभित्र खेल्ने क्रममा हिजो साढे २ बजे विद्यालयको मुख्य गेट एक्कासि खसेको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । गेट खस्दा टाउकोमा गम्भीर चोट लागेका प्रवेशलाई उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा ज्यान गएको जनाइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #विद्यालयको गेट खस्दा विद्यार्थीको मृत्यु
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्