यो सरकार दिन गनेर बस्दैन, काम गरेर देखाउँछ: उपप्रधानमन्त्री पौडेल
काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले अहिलेको सरकार दिन गनेर नबस्ने बताएका छन् । विहीबार राष्ट्रिय वाणिज्य बैंकको वार्षिकोत्सव कार्यक्रममा उनले सरकार जनतालाई आशा जगाउन केन्द्रित भएको बताए ।
‘अर्थतन्त्रमा देखिएको समस्याहरू समाधान गर्दै जानेछ । सरकार दिन गनेर बस्दैन, काम गर्नेछ । निराशालाई आशामा बदल्नेछ । देश छोडेर जाने वातावरण हटाउन खोजिरका छौं’, उनले भने ।
अर्थतन्त्र दबाबमा रहेको बताउँदै पौडेलले भने, ‘हाम्रो मुलुकको अर्थतन्त्र दबाबमा रहँदै आएको छ । यस दबाबलाई चिर्दै अगाडि बढिरहेका छौं । अझै सुधारका काम अगाडि बढाउँछौं ।’
संकट र चुनौतीहरूलाई पार गर्दै बैंक यहाँसम्म आइपुगेको उनले बताए । आगामी दिनमा सेवाको हिसाबले अरु बैंकहरूलाई उछिन्न समेत अर्थमन्त्री पौडेलले निर्देशन समेत दिए । बैंकको उन्नति र प्रगतिका लागि साझा उद्देश्य राख्न समेत उनले आग्रह गरे ।
बैंकमा रहेको पर्याप्तता तरलतालाई उत्पादन तथा रोजगारी सिर्जनामा लगानी गर्न जोड दिँदै उनले अतिरिक्त काम गरेर अब्बल बैंक बनाउन कर्मचारीहरूलाई आग्रह गरे ।
क्याटेगोरी : समाचार
ट्याग : #काम गरेर देखाउँछ: उपप्रधानमन्त्री पौडेल, #यो सरकार दिन गनेर बस्दैन
धेरै पढिएका
- १एमालेको राजधानी प्रदेश अध्यक्षमा नारायण सिलवाल, अरु क-कसले पाए जिम्मेवारी ?
- २यि हुन काठमाडौ एमालेमा संसदका लागी सीफारीस भएका दश वटौं क्षेत्रका नामावली
- ३टोखाका प्रथम प्रधानाध्यापक तथा पूर्व प्रधानपञ्च केशवराज जोशीको निधन, नगरपालिकाद्वारा झण्डा ओढाएर सम्मान
- ४काठमाण्डौ क्षेत्र नं ५ मा ईश्वर पोखरेल सर्वसम्मत
- ५मानसिक स्वास्थ्य सेवा विस्तारबारे सर्वोच्च अदालतको फैसला र कार्यान्वायन नभएकोमा सरोकारवालाको चिन्ता
- ६तनावग्रस्त लौकही बजार : सशस्त्र प्रहरीको व्यारेकमा ढुङ्गा मुढा, प्रहरीको विटमा समेत आगजनी
- ७वनभोज खान मुख्यमन्त्री हेलिकप्टरमा पुगेपछि…
- ८सफारी चालकलाई गोली हान्ने सशस्त्रका हवल्दार पक्राउ






तपाईको कमेन्ट लेख्नुहोस्