नवलपुरमा १७ हजारभन्दा बढीलाई एचपिभी खोप
कावासोती, माघ १० गते । नवलपुरका १७ हजारभन्दा बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाइने भएको छ । दुई चरणमा लगाइने खोपमा पहिलो चरणमा माघ २२ देखि फागुन छ गतेसम्म जिल्लाको गैंडाकोट, देवचुली, बुलिङ्टार र वौदीकालीमा हुनेछ ।
त्यसैगरी दोस्रो चरणमा कावासोती, मध्यविन्दु, हुप्सेकोट र विनयी त्रिवेणीमा माघ २८ देखी फागुन ६ गतेसम्म अभियान चल्ने स्वास्थ्य कार्यालयले जनाएको छ । कक्षा ६ देखि १० सम्म अध्ययनरत विद्यार्थी तथा विद्यालय नजाने १० देखि १४ वर्ष उमेरसम्मका किशोरीहरुलाई सो खोप लगाइनेछ ।
खोपका लागि दुई सय ३० वटा आधारभूत र माध्यमिक विद्यालयसहित स्वास्थ्य संस्था गरी तीन सय २० केन्द्र रहने जिल्ला खोप फोकल पर्सन खरेलप्रसाद चौधरीले बताउनुभयो । आठ पालिकाका १७ हजार ९९ लक्षित संख्याका लागि १८ हजार ८ सय ३० खोप वितरण गरिने उहाँले बताउनुभयो ।
निःशुल्क प्रदान गरिने एचपिभी खोप कार्यक्रम लक्षित सङ्ख्यासम्म प्रभावकारी बनाउन प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरले आठै पालिकाबाट प्राप्त विवरणसहितको सूक्ष्म योजना प्रतिवेदनबमोजिम पूर्व तयारीका गतिविधि चलाइरहेको कार्यालय प्रमुख शैलेन्द्रकुमार सिंहले बताउनुभयो ।
पछिल्लो समय नेपालमा पनि महिलाको पाठेघरको मुखको क्यान्सर प्रमुख स्वास्थ्य समस्याका रूपमा देखा परेकाले रोग नियन्त्रणका लागि फलदायी हुने अपेक्षाका साथ नेपाल सरकारले यस वर्षदेखि देशव्यापी कार्यक्रम ल्याएको हो । पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको एच पि भी खोप नेपालसहित ४५ राष्ट्रमा प्रयोगमा ल्याइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #नवलपुरमा १७ हजारभन्दा बढीलाई एचपिभी खोप
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्