Techie IT
बुधबार, भदौ १०,२०८३

आगलागीमा लाखौंको क्षति


स्याङ्जा, माघ १० गते । अर्जुनचौपारी गाउँपालिका(५ गैराथरमा आगलागी हुँदा लाखौंको क्षति भएको छ । गोठका चौपायाहरुलाई कुँडो पकाउने क्रममा आगलागी भएको हो ।

आगलागीमा परी एउटा भैंसी, एउटा भैंसीको पाडो, दुईवटा बाख्रा मरेका छन् भने एउटा गोरु घाइते भएको प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिनुभयो ।

आगलागीबाट स्थानीय सुर्य प्रसाद पौडेलको दुई तले जस्ताको छानो भएको गोठमा रहेका चौपायाहरुमा क्षति पुगेको र अन्दाजी २० भारी पराल जलेर नष्ट हुँदा करिब आठ लाख रुपियाँ बराबरको क्षति भएको पौडेलले बताउनुभयो ।

घटनामा कुनै मानवीय क्षति नभएको प्रहरी नायब उपरीक्षक पौडेलको भनाइ छ ।


क्याटेगोरी : समाचार
ट्याग : #आगलागीमा लाखौंको क्षति


तपाईको कमेन्ट लेख्नुहोस्