पञ्चे बाजा संरक्षणमा जुट्दै महिला
धरान, माघ १० गते । पञ्चेबाजाको संरक्षण गर्न महिलाहरू जुट्न थालेका छन् । पछिल्लो समय विवाह, व्रतबन्ध लगायत महोत्सव सार्वजनिक कार्यक्रमहरूमा महिलाहरूको समुहले पञ्चे बाजा बजाएको देख्न सकिन्छ ।
आधुनिक बाजाहरूका कारण नेपाली संस्कृतिहरू लोप हुने खतरा बढीरहेकोले करिब ३ वर्ष अघि धरानका महिलाहरूले प्रगतिशील नौमती बाजा तथा पञ्जे बाजा महिला समूह संस्था गठन गरेर संरक्षणमा जुटेको प्रगतिशील नौमती बाजा महिला समूहकी अध्यक्ष लिला ढकालले बताउनुभयो ।
पश्चिम सिन्धुलिमा जाँदा महिलाहरूले पञ्चे बाजा बजाएर बाजाको संरक्षण गरेको देखेपछि आफूहरूले पनि संरक्षण गर्न सकिन्छ भनि यस सम्बन्धी तालिम लिई बाजा बजाउन सुरु गरेकी अध्यक्ष ढकालले बताउनुभयो । हाल संस्थामा १० जनाको समुह रहेको उहाँले बताउनुभयो ।
खास गरेर वैवाहिक कार्यक्रममा प्रयोग गरिने पुरानो बाजाको रूपमा नौमती बाजालाई लिने गरिएको भए पनि हाल विवाह, पास्नि लगायतका महोत्सव कायक्रमहरू देखि हरेक सार्वजनिक समारोहहरूमा महिलाहरूले नौमती बाजा बजाउँदै आएका छन् । नौमती बाजामा टेम्को, दमाहा, सनाई, नरसिंहा र झ्याम्टा लगायतका बाजाहरू रहन्छन् । पछिल्लो समय अत्याधुनिक ब्यान्ड बाजा वैवाहिक समारोहमा अधिक प्रयोग हुन थालेपछि विस्थापित बन्दै गएकोले यसको संरक्षणका लागि महिलाहरु जुटेको अध्यक्ष ढकालले बताउनुभयो।
नेपाली संस्कार, संस्कृतिको प्रवर्धन हुने पञ्चेबाजामा संरक्षण जागेर्नामा समेत बल पुग्ने उहाँले बताउनुभयो । पहिला–पहिला दलित समुदायले मात्र बजाउने बाजाको रूपमा लिँदै आएको बाजा अहिले सबै जातिका महिलाहरू मिलेर बजाउन थालेका छन । योे बाजा नेपाली बाजा हो यसको संरक्षण गर्नु हामी सबैको दायित्व रहेको अध्यक्ष ढकालले बताउनुभयो ।
पश्चिमा संस्कृतिले प्रभाव पारिरहेको अवस्थामा यस्ता बाजाहरू लोप हुने अवस्थामा पुग्न थालेकोले मौलिक बाजाहरूको संरक्षण गर्नुपर्छ भनेर धरान लगायत नेपालभरका महिलाहरू संरक्षणमा जुट्न थालेका छन् । बाहिरको काम पुरुषहरूले मात्र गर्न सक्छ र बाजाहरू पनि पुरुषहरूले मात्र बजाउने भन्ने चलनलाई चिर्दै पछिल्लो समय महिलाहरू पनि नौमती बाजाहरू बजाउँदै आएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #पञ्चे बाजा संरक्षणमा जुट्दै महिला
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्