Techie IT
बिहीबार, भदौ ११,२०८३

चार सयले घट्यो सुनको मूल्य


सुनको मूल्य तोलामा चार सय रुपियाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार सुन प्रतितोला एक लाख ५९ हजार ६ सय रुपियाँमा कारोबार भइरहेको जनाएको छ । अघिल्लो दिन प्रतितोला एक लाख ६० हजार रुपियाँमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्य तोलामा २० रुपियाँ घटेको छ । अघिल्लो दिन प्रतितोला एक हजार ८९५ रुपियाँमा कारोबार भएको चाँदी बिहीबार एक हजार ८७५ रुपियाँमा कारोबार भइरहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #चार सयले घट्यो सुनको मूल्य


तपाईको कमेन्ट लेख्नुहोस्