प्राधिकरणको लापरबाहीले करेन्ट लागेर गुरुङको मृत्यु, प्राधिकरणले पाँच लाख क्षतिपूर्ति दिने
विद्युत् प्राधिकरणको लापरबाहीले तनहुँमा एक जनाको मृत्यु भएको छ । स्थानीयको विरोध पछि प्राधिकरणले माफी माग्दै मृतक परिवारलाई क्षतिपूर्ति दिने सहमति पछि शव बुझेका छन् ।
उचित क्षतिपूर्ति दिने सहमति भएपछि मृत्यु भएका देवघाट गाउँपालिका–५ का बगन्दीगाउँका ६८ वर्षीय सोमबहादुर गुरुङको शव परिवारले बुझेका हुन् ।
गुरुङको मङ्गलबार करेन्ट लागि मृत्यु भएको थियो । बिजुलीको पोलको सर्पोटको लागि टाँगिएको तारमा विद्युत् सट भई करेन्ट प्रवाह हुँदा गोठालो गएका गुरुङको मृत्यु भएको देवघाट गाउँपालिका वडा नम्बर ५ की वडा सदस्य कमला गुरुङले जानकारी दिनुभयो । वडा सदस्य गुरुङका अनुसार करेन्ट लाग्दा गुरुङको घटनास्थलमै मृत्यु भएको थियो । वडा सदस्य गुरुङले उक्त घटना नेपाल विद्युत् प्राधिकरणको लापरबाहीको कारण भएको हुँदा प्राधिकरणले मृतक परिवारलाई क्षतिपूर्ति स्वरूप पाँच लाख रुपैयाँ दिने प्रतिबद्धता जनाएको र किरिया खर्च बापत २५ हजार रुपैयाँ दिएको वडा सदस्य गुरुङले जानकारी दिनुभयो ।
नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रका प्रमुख विजयराज रेग्मीले नेपाल विद्युत् प्राधिकरणको मूल्याङ्कन कमिटी गठन गरेर क्षतिपूर्ति प्रदान गरिने बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #प्राधिकरणको लापरबाहीले करेन्ट लागेर गुरुङको मृत्यु, #प्राधिकरणले पाँच लाख क्षतिपूर्ति दिने
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्