सरकारले धेरै काम गर्न सकेन, तर अहिले ढल्दैन : शेखर
विराटनगर । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले केपी शर्मा ओली नेतृत्वको सरकार ढल्ने विषयमा सत्यता नभएको बताएका छन् ।
नेपाल प्रेस युनियन मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कांग्रेस(एमालेबीचको सात बुँदे सम्झौता अनुरूप काम गर्नुपर्नेमा जोड दिए ।
उनले भने, ‘संविधान संशोधन, सुशासन र आर्थिक विकासको कुरालाई सरकारले गम्भीरतापूर्वक लिएर सरकारले काम गर्नुपर्छ ।
सरकारको कामकारवाहीबारे उनले असन्तुष्टि भने जनाए ।
कोइरालाले भने,‘६ महिनाको यो अवधिमा धेरै काम भएन । जसरी सरकार अघि बढ्नुपर्ने थियो, त्यसरी बढ्न सकेको छैन ।’
संविधान संशोधन ०८७ पछि हुने प्रधानमन्त्रीको अभिव्यक्तिबारे उनले दुई दलबीचको छलफलले मात्र संविधान संशोधनको विषय नसकिने र संशोधनको विषयलाई जनतामाझ लैजानुपर्ने बताए ।
कांग्रेस एमालेका शीर्ष नेतृत्वको कार्यदल लक्षित गर्दै उनले लोकतान्त्रिक व्यवस्थामा सरकारले देश चलाउनुपर्नेमा प्रधानमन्त्री केपी शर्मा ओलीले संयन्त्रबाट चलाउन खोजिरहेको उनको टिप्पणी थियो ।
सरकारले ल्याएको अध्यादेशको विषयमा समेत नेता कोइरालाले असन्तुष्टि व्यक्त गरे ।
उनले भने, ‘माघ १८ गते संसद बोलाइएको छ । संसद खोलेर ल्याउँदा हुने थियो नि १ ६ महिनामा केही भएर सातदिन दश दिनमा के पल्टिहाल्छ रु पहिले संसद बोलाएको भए हुन्थ्यो नि १’
क्याटेगोरी : समाचार
ट्याग : #तर अहिले ढल्दैन : शेखर, #सरकारले धेरै काम गर्न सकेन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्